2026 April 26/ 03:01: 20am

बनेपा/बनेपा नगर प्याब्सनको आयोजनामा अन्तर विद्यालय कक्षा ५ सम्मका विद्यार्थीहरुको  एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ । 
प्रतियोगितामा एभरेष्ट एकेडेमीकी छात्रा एशोदा नेपाली प्रथम, सिद्धार्थ एकेडेमीका छात्रा स्मारिका तामाङ र तृतीय ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका छात्र एन्जल कार्की र सान्त्वना पुरस्कार विद्यासागर स्कुलकी छात्रा समृद्धि लम्साल भएका छन् । प्रतियोगितामा नगरका २० वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले पुरस्कार वितरण गर्नु भएको थियो । भुजेलले प्याब्सनले विगतका वर्षहरुमा विभिन्न कार्यक्रमहरु गर्दे आएको र कोभिड १९ पछि यस्ता अतिरिक्त कार्यक्रमहरु रोकिएको र अब पुनः सञ्चालन गर्ने बताउनु भयो । जिल्ला स्तरीय अन्तर विद्यालय कार्यक्रमहरु छिट्टै सञ्चालन गर्ने र उक्त कार्यक्रम पश्चात विद्यार्थीहरुमा भएको क्षमता अभिबृद्धि साथै ब्यक्ति विकासमा मद्दत पुग्ने भुजेलले बताउनु भयो । कार्यक्रममा बनेपा प्याब्सनका अध्यक्ष कुमार मानन्धरले सम्पूर्ण सहभागि विद्यार्थीहरुलाई धन्यवाद दिदै आगामी अन्य विभिन्न कार्यक्रमको आयोजना गर्ने बताउनु भयो । प्याब्सनले विद्यार्थीहरुको क्षमता बृद्धि गर्नका लागि पढाईको अलावा अन्य अतिरिक्त क्रियाकलापमा जोड दिने मानन्धरले बताउनु भयो । प्रतियोगिताको सभापतित्व प्याब्सन बनेपाका अध्यक्ष कुमार मानन्धरले गर्नु भएको थियो ।