2026 April 26/ 03:01: 20am

    बनेपा/वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धान लागेका विद्यार्थीहरुलाई प्रोत्साहन तथा वैज्ञानिक चेतना अभिवृद्धि गर्नै उद्देश्यले आयोजना गरिएको माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रर्दशनी कार्यक्रममा जनक मावि भकुण्डेका दुई विद्यार्थी प्रथम भएका छन् । 
    शिक्षा विकास तथा समन्वय ईकाई धुलिखेलको आयोजनामा सम्पन्न कार्यक्रममा १३ वटा पालिकाका १० वटा विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । विद्यार्थीहरुले अध्ययन गरे अनुरुप ब्यवहारमा बैज्ञानिक ज्ञान र सिपका बारेमा बुझेका र भोगेका अनुभुतिहरु प्रर्दशनीमा प्रस्तुत गरेका थिए । जनक मावि भकुण्डेका विद्यार्थीद्धय विवेकप्रसाद पकुवाल र सविना श्रेष्ठ प्रर्दशनीमा प्रथम भएका थिए । उनिहरुलाई नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रर्दशनीमा धुलिखेल नगरपालिकाको तर्फबाट सञ्जीवनी मावी र बेथान्चोक गाउँपालिकाको पार्वती मावि तेश्रो भए । सोहि विद्यालयहरुले क्रम ३ हजार २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए । जनम माविले शिक्षा विकास निर्देशनालय हेटौडाले आयोजना गरेको प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने अवसर पाएको छ । जिल्लाको तर्फबाट नमोबुद्ध नगरपालिकाको जनक मावीले प्रदेश स्तरीय उक्त प्रतियोगितामा सहभागिता जनाउनेछ । 
    कार्यक्रममा समन्वय इकाई प्रमुख गोकर्णध्वज कार्की, अभियान्ता प्रर्दशनी कार्यक्रमका संयोजक शिक्षाविद् माधवप्रसाद अधिकारी लगायतले बालबािलकाहरुलाई रचनात्मक कृयाकलापमा सहभागी गराई रहनु पर्ने बताउनु भयो ।