2026 April 26/ 03:01: 18am

    पनौती/प्रत्येक वर्ष जस्तै यो वर्ष पनि अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥र्याउनुहुने सर्जकहरुलाई सम्मान गरिएको हो । 
    पनौतीमा आयोजित सम्मान सर्मपण तथा पुस्तक लोर्कापण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा इतिहास शिरोमणि हरिराम जोशीलाई विष्णु हेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ । यस्तै, समालोचक तथा साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ । साथै इतिहासकार प्रा डा.पुरुषोत्तम लोचन श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान समर्पण गरिएको छ । यसैगरी, कृष्णसुन अक्षरमार्ग साहित्यिक सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार नरेशवीर शाक्य सम्मानित हुनुभएको छ । साहित्यकार डा.गार्गी शर्मालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरिएको छ भने साहित्यकार विजयध्वज थापालाई ध्रुवमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको छ । यस्तै, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार रामसुन्दर देउजा सम्मानित हुनुभएको छ । सम्मानित प्रतिभाहरूका बारे वरिष्ठ साहित्यकार मोहन दुवालले प्रकाश पार्नुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सम्मानित प्रतिभाहरुलाई दोसल्ला, सम्मानपत्र प्रदान गर्नुभएको थियो । यस्तै, प्रल्हाद केसी र ध्रुवनारायण विन्द्र आशिष शैली, ध्रुवकृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरुलाई माला, टीका, मायाको चिनो तथा नगद प्रदान भएको थियो । कार्यक्रममा प्रमुख अतिथि केके कर्माचार्य, प्रा.डा. लक्षमणप्रसाद गौतम, प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, डा. गार्गी शर्मा, नरेशवीर शाक्य, विजयध्वज थापा, सूर्य लाकोजू, विजय कर्माचार्य, तारा केसी लगायतले मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा सूर्यप्रसाद लाकोजूद्वारा लिखित पनौतीका केही जात्रापर्वहरू र कवितामा समवेत स्वरहरू नामक कविता सङ्ग्रहको पनि लोकार्पण गरिएको थियो । पुस्तकका बारेमा इतिहासकार तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ र कविता पुस्तकको टिप्पणी प्रा.डा शैलेन्दुप्रकाश नेपालले प्रकाश पारेका थिए ।