2026 April 26/ 03:01: 21am

    धुलिखेल, रवि/धुलिखेल नगरपालिका वडा नम्वर २ रविले स्थानीयहरुलाई क्षमता तथा नेतृत्व विकास सम्वन्धी ७ दिने प्रशिक्षण सम्पन्न गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष अर्जुन न्यौपाने, नेपाल पत्रकार महासंघ काभ्रेका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, सहभागिहरु सुशिला हुमागाई सापकोटा, ईश्वर बञ्जारा लगायतले मन्तब्य राख्नु भएको थियो । 
    ५० भन्दा धेरै सहभागी रहेको उक्त तालिममा सहभागीहरुले उपयुक्त र जीवनपयोगी तालिम भएकाले थप तालिमको आवश्यकता रहेको बताउनु भएको थियो । प्रमुख अतिथी नगर प्रमुख अशोक ब्याञ्जुले जीवनका हरेक क्षेत्रमा तालिममा सिकेका सिपहरु उपयोगी हुने भएकाले प्रयोगमा ल्याउन सुझाव दिनु भयो । नगरपालिकाले युवाहरुलाई सिपयुक्त र आत्मनिर्भर बनाउन विभिन्न तालिम उपलब्ध गराउँदै आएकाले त्यसको सदुपयोग गर्न उहाँले अनुरोध गर्नु भयो । अध्यक्ष अर्जुन न्यौपानेले तालिमको शुभारम्भ गर्दै स्थानीयहरु नेतृत्वका लागि सक्षम बन्न तालिम आयोजना गरिएको बताउनु भयो । तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य सिता पराजुली कोईराला, वडा सदस्यहरु सुर्यप्रसाद ढुंगाना, सुजिता विक, वडा सचिव सुनिता जंगम लगायतको सहभागिता रहेको थियो ।