2026 April 26/ 03:23: 13am

बनेपा/समृद्धि फाइनान्सले बुधबार चैतन्य माध्यमिक विद्यालयमा रहेका बिधार्थीहरुलाई न्यानो लुगा(ज्याकेट) वितरण गरेको छ ।   
न्यानो कपडा वितरण कार्यक्रममा २६ जना विद्यार्थीहरुलाई  फाईनान्सका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठले विद्यालयका प्रधानाध्यापक निशादेवी मानन्धरको उपस्थितिमा विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको थियो । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत उक्त न्यानो कपडा वितरण गरेको र अन्य विभिन्न कार्यहरु गर्दै आएको व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिनु भयो । फाइनान्सले ३ महिनाको मुद्धति निक्षेपमा सर्वाधिक १३ प्रतिशत र बचत निक्षेपमा अधिक्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्र्तगत ६६ महिनामा पैसा दोब्बर हुने मुद्दति निक्षेप योजना र यसका साथ साथै फाइनान्सले ८ वर्ष ९ महिनामा पैसा तेब्बर, १२ वर्ष १० महिनामा पैसा पाँच गुणा र १६ वर्ष ६ महिनामा पैसा आठ गुणा हुने मद्धति निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।