बनेपा/सम्बृद्धि बचत तथा ऋण सहकारीको चौथो अधिबेशन तथा १४ औ वार्षिक साधारण सभाबाट पुनः साधुराम दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितीको उपाध्यक्षमा रेवतीप्रसाद दाहाल, सचिव पुष्पराज कोईराला कोषाध्यक्ष गणेशप्रसाद दाहाल, सदस्यहरुमा विष्णुप्रसाद दाहाल, ईच्छाराम दाहाल, अन्जु कोईराला, समिता थापा, रेशमबहादुर महत रहनु भएको छ भने लेखा तथा सुपरिबेक्षण समितीको संयोजकमा श्यामकुमार दाहाल, सदस्यहरु उत्तरकुमार अधिकारी र रामचन्द्र कोईराला निर्वाचित हुनु भएको छ । निर्वाचित मध्ये केहि सहकारी ऐन र निर्देशिका विपरितका संचालक सदस्य हुनुहुन्छ । यस अघि त्यस्ता ब्यक्ति भए त हटाउनु पर्नेमा नयाँ निर्वाचनबाट पनि त्यस्ता ब्यक्तिहरुलाई संचालक निर्वाचित गरे सँग सहकारी ऐन विपरित निर्वाचित संचालक विरुद्ध प्रश्न उठेको छ । संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिबेदन सचिब पुष्पराज कोईराला आर्थिक प्रतिबेदन कोषाध्यक्ष रेवतीप्रसाद दाहालले र लेखा तथा सुपरिवेक्षण समितीको प्रतिबेदन संयोजक श्यामकुमार दाहालले सभामा प्रस्तुत गर्नु भएको थियो ।
संस्थाको कुल शेयर पुँजीं २ करोड ८१ लाख ३७ हजार, निक्षेप संकलन १३ करोड ९ लाख ५२ हजार, ऋण लगानी १३ करोड ५९ लाख ४१ हजार, कुल नाफा ८१ लाख १२ हजार रहेको जनाएको छ । कार्यक्रमको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले गर्नु भएको थियो । अधिकारीले सहकारीहरुमा पारिवारीक रुपमा सञ्चालन भएका मात्रै समस्यामा आएका र सहकारीको निति ऐन अनुसार सञ्चालन भएका सहकारीहरुमा समस्या नआएको बताउनु भयो । सम्बृद्धि सहकारी आर्थिक सकंटमा समेत नाफामा गएकाले यस सहकारी प्रति सदस्यहरुको पुर्ण विश्वास रहेको उहाँले वताउनु भयो । सहकारीहरुले पनि सहकारीको निति र ऐन अनुसार सदस्यमुखी सञ्चालन गर्न अनुरोध गर्नु भएको थियो । समस्या आउनु अघि नै सचेत रहन सञ्चालकलाई आग्रह गर्दे सदस्यहरु समेत चनाखो रहनु पर्ने अधिकारीले बताउनु भयो । कार्यक्रममा जिल्ला बचत सघंका अध्यक्ष जितेन्द्र नकर्मी, प्रेस सेन्टर वागमती प्रदेशका अध्यक्ष यदुनाथ देउपुरे, चेष्टा साप्ताहिकका सह सम्पादक लक्षमण तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जेष्ठ सदस्य, एस ई ई उतिर्ण बाल सदस्य, उत्कृष्ट ऋणी, बचत कर्ता लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष विष्णुप्रसाद दाहालले गर्नु भएको थियो भने सञ्चालन सचिब पुष्पराज कोईरालाले गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व अधयक्ष साधुराम दाहालले गर्नु भएको थियो ।









