2026 April 26/ 03:15: 01am

बनेपा/बनेपा नगरपालिका सहकारी शाखाको आयोजनामा सहकारी संस्थाहरूको २ दिने भेलाको आयोजना गरेको छ ।  
भेलाको अध्यक्षता उप –प्रमुख विमला सापकोटाले गर्नु भएको थियोे । भेलामा नगर भित्र रहेका सहकारीका अध्यक्ष र ब्यबस्थापकहरुको सहभागिता रहेको थियो । भेलामा अहिले सहकारी संस्थाहरुले भोग्नु परेको मुख्य समस्या, नगरपालिकाको तर्फ बाट गर्नु पर्ने सहयोग, नगर सहकारी नियमावली निमार्ण गर्दा समेट्नु पर्ने प्रमुख कुराहरु, सहकारी संस्थाले गरेका अनुकरणीय कार्यहरु, सहकारीको कार्यक्षेत्र विस्तारको लागी मापदण्ड बनाँउदा समेटिनुपर्ने प्रमुख कुरा वा शर्तहरुका बारेमा छलफल भएको थियो । भेलामा बनेपा नगरपालिका भित्र विभिन्न प्रकृतिका २ सय ७५ वटा सहकारी रहेको, उक्त सहकारीहरु बाट कुल बचत ४ अर्व ४२ करोड ९९ लाख, कुल शेयर लगानी ४७ करोड ८९ लाख ३० हजार, कुल ऋण लगानी ४ अर्व ४० करोड ५८ लाख ९४ हजार, कुल शेयर सदस्य पैतिसहजार ४ सय १ जना रहेको जनाएको छ । नगरपालिकाले हाल सम्म ऋयउयmष्क मा दर्ता भएका जम्मा १ सय १८ वटा सहकारी, डाटा प्रविष्टी नगर्ने २सय ७० रहेको र जम्मा ५ वटा सहकारीले मात्रे डाटा प्रविष्टि गरेको जनाएको छ । नगरपालिकामा विभिन्न सहकारीहरुले निक्षेप रकम फिर्ता नगरेको पाईएको जानाएको छ । नगरपालिकाले पौष ५ गते भित्र ऋयउयmष्क भित्र अनिवार्य सहभागि हुनु पर्ने, नगरपालिकाको सहकारी शाखाको फेसबुक पेजमा अनिर्वाय अपडेट हुनुपर्ने र मासिक रिपोर्ट नगरपालिकाको सहकारी शाखामा बुझाउनु पर्ने शाखा अधिकृत दिनेश कुमार पोखरेलले वताउनु भयो । भेलामा उप प्रमुख विमला सापकोटाले सहकारीहरुले  सहकारी ऐन र निति अनुसार सञ्चालन भएकाहरुलाई समस्या कम भएको र सहकारी ऐन विना र पारिबारीक रुपमा सञ्चालन भएकालाई धेरै समस्या भएको बताउनु भयो । देशमै आर्थिक सकंट भएका समयमा पनि सहकारीहरुले सदस्यहरुलाई सेवा दिदै आउनु भएकोमा धन्यबाद दिर्दै एकाध सहकारीहरुले गर्दा सबै सहकारीहरुलाई एउटै नजरले हेर्न नहुने सापकोटाले वताउनु भयो । नगरपालिकाले सहकारीहरको संरक्षणका लागी के कस्तो सहयोग गर्न सक्छ भनेर सकहारीहरुबाटै सल्लाह र सुझाब लिनका लागी भेलाको आयोजना गरिएको बताउनु भयो । नगरपालिका सहकारीहरु सँग सहकार्य गरेर अगाडि बढ्न तयार छ तर सहकारीहरुले पनि सहकारी ए्ेन निति अनुसार सञ्चालन हुनुपर्ने सापकोटाले बताउनु भयो । कार्यक्रममा प्रशासकिय अधिकृत धुर्वराज नेपालले विगतमा सहकारी सम्बन्धी ऐन मात्र बनेको र आगामी दिनमा नियमावली बनाई सहकारीको अनुगमन र सहजीकरण गर्ने बताउनु भयो । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, मनकानमा साकोसका अध्यक्ष बालकृष्ण दाहाल लगायतले मन्तब्य राख्नु भएको थियो । भेला २६ र २७ सम्म सञ्चालन हुने छ ।