बनेपा/बनेपा नगरपालिको आयोजनामा ३१ औ अन्तराष्ट्रिय अपाङ्गता दिबस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा अबसरमा प्रभातफेरि तथा सचेतनामुलक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममका प्रमुख अतिथी नगरपालिका उप प्रमुख विमला सापकोटाले अपाङ्ग भएका ब्यक्तिहरुले पनि अवसर पाएमा काम गर्न सक्ने बताउनु भयो । नगरपालिकाले अपाङ्गता सम्बन्धी नियमावली बनाई अपाङ्गताको वर्गीकरण गरी परिचय पत्र वितरण गर्दे उनिहरुले पाउने सेवा सुविधालाई सहज वनाउदै आएको बताउनु भयो । नगरपालिकाले क्षमता अनुसारको शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई शिप प्रदान गरेको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शिब प्रसाद हुमागाई, ईलाका प्रहरी कार्यलयका डिएस्पी रेशम बोहोरा, महिला तथा जेष्ठ नागरिक शाखा अधिकृत बिजया सुवेदी, बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर, नेपाल अपाङ्ग महासघंका सचिब पम्फा पुर्कोटी लगाएतले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुले साङ्गीतिक कार्यक्रम समेत गरेका थिए भने नगर परिक्रमा समते गरेका थिए ।









