2026 April 26/ 01:16: 17am

    धुलिखेल/तामाङ पत्रकार संघको १९ आंै स्थापना दिवसको अवसरमा आम सचारमा तामाङ सचारकर्मीको स्थितीका विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम जिल्ला अध्यक्ष अञ्जली तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । 
    कार्यक्रममा बोल्दै सहभागीहरुले तामाङ समुदायको भाषा, संस्कृति र रितिथितिलाई संरक्षण एवं प्रर्वद्धन गर्न सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए । प्रविधिको विकाससँगै भाषा र संस्कृति लोप हुँदै गएको भन्दै सहभागिहरुले त्यसको संरक्षणमा तामाङ समुदायका पत्रकारका अलावा अन्य संचारकर्मीहरु र जनप्रतिनिधिहरु पनि सक्रिय हुनु पर्ने सुझाव पेश भएको थियो । कार्यक्रममा पत्रकारहरु शिशिर दोङ, पेमा लामा, विनोद न्यौपाने, मोतीराम तिमल्सिना, जगत तामाङ, भुवन रायमाझी, नगेन्द्र अधिकारी, कपिल कोईराला, रोजन तामाङ, इन्द्र थापा, श्रृजना तामाङ लगायतले मन्तब्य राख्नु भएको थियो ।