2026 April 26/ 01:16: 16am

नाला, बनेपा/पंचशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा ४ नालाको ८ औ बार्षिक साधारण सभा बनेपा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता तथा अध्यक्ष बलराम बजगाईको सभापतित्वमा सम्पन्न भएको छ । 
    सचिव शिवराम सिग्देलले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष जयराम दाहालले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक शिवराम सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेको सभामा वडा अध्यक्ष श्रेष्ठले स्थानीय सरकार र सहकारीको समन्वयमा आय आर्जन हुने कार्यक्रमका साथै सिप प्रर्वद्धन, रोजगार सिर्जना गरी आर्थिक समृद्धी हासिल गर्नु पर्ने बताउनु भयो । अध्यक्ष बलराम बजगाईले तरलता अभावलाई कम गर्न आवधीक बचत योजना लागु गर्ने, संस्थाले अवलम्वन गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई निरन्तरता दिने, दुग्ध उत्पादक कृषकहरुको समुह बनार्य विभिन्न बचत र सामुहिक कर्जाको कार्यक्रमलाई प्रभावकारी बनाउने, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जेष्ठ नागरिक सम्मान, उत्पादनमुखी कृषि परियोजना संचालन गर्ने लगायतको कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार, पदाधिकारीहरु, शुभचिन्तक र विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना दिएका थिए । सहकारीको ८५ लाख ८९ हजार ३ सय शेयर पुँजी, ११ लाख ९१ हजार जगेडा कोष, ६ करोड १८ लाख १६ हजार बचत, ६ करोड ऋण लगानी गरेको छ ।