2026 April 26/ 01:16: 05am

पनौती/तेजगंगा बहुमुखी क्याम्पस २३ औ वर्षमा प्रवेश गरेको छ । जिल्लाको उच्च शिक्षा क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल उक्त क्याम्पसले २३ औ वार्षिकउत्सब मनाएको हो । 
स्थापना वर्षमा १३ जना विद्यार्थीहरुबाट शुरु भएको उक्त क्याम्पसमा हाल कक्षा ११ देखि एमविएस सम्मका कक्षाहरु सञ्चालन हुदै आएका छन् । उक्त वार्षिक उत्सबमा शिक्षासेवी गोविन्दलाल प्रधानाङ्गलाई सम्मान गरिएको थियो । क्याम्पसको वार्षिक प्रतिबेदन संस्थापक क्याम्पस प्रमुख डा. अम्भु भवानी कार्कीले प्रस्तुत गर्नु भएको थियो । क्याम्पसले विभिन्न आरोह अबरोह पार गर्दे सुविधा सम्पन्न भवन निर्माण र गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको कार्कीले बताउनु भयो । जिल्लाबासीहरुको मन जित्न सफल उक्त क्याम्पसले यस वर्ष नै गुणस्तरीयताको (QAA)प्राप्त गर्न सफल भएको बताउनु भयो । 
क्याम्पसमा हाल ७ सय विद्यार्थीहरुले अध्यापन गरिरहेका, विभिन्न वर्ग र उत्कृष्ट विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गर्दे आएको र आगामी वर्षमा प्राविधिक क्षेत्रका विषयहरु सञ्चालन गर्ने कार्कीले बताउनु भयो । कार्यक्रम क्याम्पसका सञ्चालक समिति अध्यक्ष शिब बहादुर देउजाको सभापतित्वमा सम्पन्न भएको थियो ।