बनेपा/आभाष बचत तथा ऋण सहकारीको १३ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाले आर्थिक मात्रनभई सामाजिक कार्य अन्र्तगत उक्त रक्तदानको आयोजना गरेको हो । उक्त रक्तदानमा ३२ जनाले रक्तदान गर्नु भएको प्रवन्धक सुवाष बैद्यले जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाले २०७४ बैशाख देखि शुरु गरेको छोरी अभियानलाई निरन्तरता दिदै आएको छ ।
संस्थाको स्थापनाको दिन मंसिर १४ र नयाँ वर्ष बैशाख १ गतेका दिन शिर मेमोरियल अस्पतालमा जन्मने पहिलो एक जना छोरीलाई प्रोत्साहन स्वरुप नगद रु १० हजार रकम प्रदान गरिएको प्रमुख प्रबन्धक सुभास बैद्यले बताउनु भयो । संस्थाको स्थापना दिवसका दिने शिर मेमोरियल अस्पतालमा सिन्धुपाल्चोक जिल्ला सागाँचोक निबासी माता धना माझि र पिता विक्रम माझिको सन्तान अर्थात छोरीलाई प्रोत्साहन रकम संस्थाका अध्यक्ष दिनेशराज कायस्थले हस्तान्तरण गर्नु भएको थियो ।
संस्थाले प्रजनन् स्वास्थयको शिक्षा तथा जनचेतनाको कमीका कारण धेरै आमा तथा शिशुहरुले ज्यान गुमाईरहका र मातृ मृत्युदर तथा शिशु मृत्युदर कम गर्न, छोरा आम्दानी हो र छोरी खर्च मात्र हो भन्ने सोच परिवर्तन गर्न जस्ता भावनाहरु जागृत गर्नका लागी उक्त अभियान शुरु गरिएको संस्थाका अध्यक्ष कायस्थले बताउनु भयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै सामाजिक कामहरु गर्दै आएको प्रमुख प्रबन्धक बैद्यले भन्नुभयो संस्थाले रक्तदान, स्वास्थ्य शिविर, वीमा, कोरोनाको महामारीमा विशेष सहुलियत प्रदान गरेको बताउनु भयो । हस्तान्तरण कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेका थियो ।









