काभ्रे/रोटरी क्लब अफ काभ्रे भ्याली र रोटरी क्लब अफ एड्वाडर््स टाउन अष्ट्रेलियाको सक्रिय आयोजना तथा सुप्रिम डेन्टल केयर, बनेपा र नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको प्राविधिक सहयोगमा बनेपा स्थित सेमरक निस्ट विद्यालयमा निःशुल्क स्वास्थ्य बाथ मुटु रोग तथा दन्तपरिक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । शिविरमा धुलिखेल अस्पतालका डा. श्रीया देउजु श्रेष्ठले सामान्य स्वास्थ्य जाचँ गर्नुभएको थियो भने नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाकी कृष्ण सिकु श्रेष्ठले इकोकार्डियोग्राम गर्नु भएको थियो । त्यसैगरी सुप्रिम डेन्टल केयरका दन्त चिकित्सा डा.प्रिया श्रेष्ठ, भिम बन्जारा तथा अनिता वाईवाले दन्त परिक्षण गर्नु भएको थियो । शिविरमा कक्षा १ देखि ४ सम्मका ९३ जना बालबालिका र शिक्षकहरुको स्वास्थ्य परीक्षण तथा दन्त परिक्षण गरिएको थियो जसमध्ये ३२ जनाको इकोकार्डियोग्राम गरीएको थियो भने १ जनालाई थप उपचारको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । शिविरको संयोजन रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुपकुमार श्रेष्ठले गर्नु भएको थियो ।









