2026 April 26/ 01:16: 08am

– निशुल्क रगत परिक्षण 

    धुलिखेल/३५ औ विश्व एड्स दिवसको अवसर पारी स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले कारागारमा रहेका कैदीबन्दीहरुका साथै खुल्ला क्षेत्रमा निशुल्क एचआईभी परिक्षण गर्ने भएको छ । 
    मसिंर १५ गते विहिबार विहान धुलिखेलमा प्रभातफेरी कार्यक्रम आयोजना गरी एचआईभी एड्सका बारेमा सचेतना फैलाउने, कारागारमा रहेका कैदीबन्दीहरुको रगत परिक्षण गर्ने, धुलिखेल बसपार्क तथा स्वास्थ्य कार्यालय परिसरमा खुल्ला रगत परिक्षण गर्ने, मसिंर १४ गते हिजो बुधबार साँझ धुलिखेलको सरस्वती पार्कमा दिप प्रज्वलन गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाईले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा एचआईभी एड्सबाट संक्रमित भएका मध्ये नियमित रुपमा उपचार पाएका ८६ जना संक्रमित छन् । संक्रमित मध्ये ४२ पुरुष, ४३ महिला र एक जना बालिका छन् । उनिहरु धुलिखेल अस्पतालबाट नियमित एआरभी औषधी लिईरहेका छन् । 
    असुरक्षित यौन सम्पर्क, संक्रमित रगतबाट,सुईबाट, एड्स संक्रमित गर्भवती आमाबाट जन्मने सन्तानमा एचआईभी देखिन सक्छ । शरीरको ओजन घटनु, लगातर खोकी लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा किसिम किसिमका दागहरु देखिनु, अरुचि हुनु, शरीरले थकान अनुभव गर्नु यो रोगका लक्षण भएको डा. सेढाईले बताउनु भयो । सँगै बसेर खाँदा, हात मिलाउँदा, अँगालो हाल्दा, एउटै शौचालय प्रयोग गर्दा, कुकुर बिरालोले टोक्दा, हाछ्यु वा खोक्दा, लामखुट्टेकोे टोकाईबाट एचआईभी रएड्स नसर्ने डा. सेढाईले बताउनु भयो । एच.आई.भी.संक्रमित हुनबाट बच्नु नै सबैभन्दा उत्तम उपाय भएको उहाँले बताउनु भयो । संक्रमित भईहालेमा नजिकको स्वास्थ्य संस्थाहरुबाट आवश्यक परामर्श सहित एआरटी केन्दहरुबाट नियमित औषधि सेवन गरेमा  संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा राख्न सकिने उहाँले बताउनु भयो । सरकारले यो सेवा निशुल्क उपलब्ध गराएकाले सहज भएको डा. सेढाईले बताउनु भयो । संचारकर्मीहरुसँगको अन्र्तक्रिया कार्यक्रममा डा. सेढाईले बिद्यमान चुनौती र कार्यक्रम सुधारका प्राथमिकताका बारेमा जानकारी गराउनु भएको थियो । एचआईभी रोकथामका कार्यक्रमहरु नयाँ एचआईभी संक्रमण रोक्न तथा हाल सम्म सेवा नपाएका जोखिम समूहहरुलाई प्राथमिकतामा राखि समयमा नै गुणस्तर सेवाको पहुँच पु¥याउने, विद्यमान एचआईभी परिक्षणका रणनीतिहरुको पहुँचलाई  विस्तार गरि नविनतम परिक्षणका रणनीतिहरुलाई अपनाई कार्यान्वयन र विस्तार गर्ने जस्तै एचआईभी स्वपरिक्षण र सामाजिक संजालमा आधारित एचआईभी परिक्षणका सेवाहरु, इन्डेक्स परिक्षण, रिसेन्सी परिक्षण, सबै गर्भवती महिलाहरुको परिक्षण गर्ने, प्रदेश एवं स्थानीय स्तरमा प्रयोगशाला सम्बन्धि सेवाहरुको क्षमता अभिबृद्धि गर्ने जस्तै मानब संसाधन, बजेट, पूर्वाधार, लजिस्टिक्स र आपूर्ति व्यवस्थापनमा ध्यान दिने लगायतका विषयमा जोड दिनु भयो । 
    विश्वमा सन् १९८१ मा पहिलो एचआईभी संक्रमित रिपोर्ट भए देखि सन् २०२१ को अन्त्य सम्म ८ करोड ४२ लाख व्यक्तिहरु एचआइभीवाट संक्रमित भई सकेका छन । ४ करोड १० लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भई सकेको छ । सन् २०२१ को अन्तसम्म विश्वमा ३ करोड ८४ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । विश्वमा हरेक दिन ४ हजार मानिसहरु एचआईभी संक्रमित हुन्छन् । सन् २०२१ को अन्तसम्म नेपालमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । बयस्क जनसंख्याको ०.१२ प्रतिशत संक्रमण (प्रिभ्यालेन्स दर) छ । नेपालमा हरेक दिन २ जना मानिसहरु एचआईभी संक्रमित हुन्छन् । सन् २०२१ मा ६ सय ८० व्यक्तिहरुमा एचआईभीको नयां संक्रमण भएको अनुमान गरिएको छ जुन सन् २००० को तुलनामा ८४ प्रतिशतले घटेको छ । सन् २००० मा ४ हजार ३ सय ७० व्यक्तिहरुमा नयां संक्रमण अनुमान गरिएको थियो । सन् २०२१ को अन्तसम्म नेपालमा २१ हजार ७ सय २३ संक्रमितहरुले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिईरहेका छन् र अनुमानित कुल एचआइभी संक्रमित मध्ये ७२ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन््  ।  
    नेपालमा राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१(२०२६ ले निर्देश गरे अनुरुप उच्च जोखिममा रहेका समुहहरु जस्तै सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी र तिनका गा्रहकहरु, पुरुष समलिगीं तथा तेस्रोलिगीहरु र रोजगारीका लागि विदेशिनेहरु तथा तिनका दम्पतिहरु र जेलमा रहेका कैदिहरुका लागि एचआईभी रोकथाम कार्यक्रम एबं संक्रमित र प्रभावितहरुका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सचांलन भईरहेको छ । विशेषतः आउटरीच शिक्षा, कण्डम प्रर्वद्धन, एचआईभीको परामर्श र परीक्षण, यौनरोगको निदान र उपचार, जोखिम न्यूनिकरण, पिएमटीसीटी सेवा, एआरटी सेवा, र समुदाय सहयोगका कार्यक्रमहरु सरकारी स्वास्थ्य केन्द्र  र अन्य विभिन्न संघ संस्थाहरुबाट संचालन भईरहेको छ । संक्रमितहरुले भने सरकारी कार्यक्रम प्रभावकारी हुन नसकेको बताएका छन् । संक्रमितहरुको क्षेत्रमा काम गर्ने संस्था सक्रिय प्लसका अध्यक्ष अमिर खड्काले बताउनु भयो । एआरभी सेवा पछि संक्रमितहरु समुदायमा पुर्नस्थापित हुन थालेका छन् ।