ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफपोजिटिभ साईन्सले आगामी पौष १ देखी ४ गते, २०७९ सम्म प्रसंसनीय खोज दृष्टिकोण प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आयोजना गरेको छ । ईष्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स सकारात्मक रुपान्तरणको लागि तालिम तथा अनुसन्धानकार्यहरु गर्ने उद्देश्यका साथ २०६९ सालको मंसिर २५ गते विधिवत रुमादर्ता भएको संस्था हो ।
स्थापना पश्चात यस संस्थाले सरकारी, विद्यालय तथा विश्वविद्यालयहरु, राष्ट्यि तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, बैंकहरु तथा निजी संघ संस्थाहरुसँग सहकार्य गरि तालिम तथा अनुसन्धान कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । प्रसंसनीय खोज दृष्टिकोण व्यक्ति, परिवार, समाज, तथा संस्थाहरुमा शुसुप्त अवस्थामा सकारात्मक तत्वहरु उजागर गरेर सकारात्मक परिणामको लागि अभिप्रेरित गर्ने विधी हो । यसले जीवन, परिवेश, समुदाय र संस्थाहरुलाई नयाँ र सकारात्मक तवरवाट हेर्न, त्यहाँ भएका सबै खाले सकारात्मक तत्वहरुको पहिचान गरेर ती तत्वहरुको अभिवृद्धि गर्दै त्यहाँ भएका सबैखाले कमजोरीहरुलाई निष्कृय बनाउने गरी आगामी दिनहरुको लागि सकारात्मक रुपान्तरणकारी दृष्टिकोण बनाउन, व्याख्या गर्न र दृष्टिकोणलाई कार्यान्वयनमा ल्याएर नयाँ जीवन प्राप्त गर्न मार्ग खोल्ने बैज्ञानिक, व्यवाहारीक र प्रणालीगत विधी हो । यस विधिको सहि सदुपयोगले यथास्थितिमा रुमल्लिरहेको जीवन र संगठनमा नयाँ नयाँ अवसरहरु सिर्जना हुन्छन । यस विधीको प्रयोगले ब्यक्ति वा संस्थाभित्र वेवास्था गरिएका संभावनाका मुनाहरु फक्रिने अवसर पाउँदछन तीनै संभावनाहरुको प्रष्फुटनले चमत्कारीक सकारात्मक रुपान्तरण ल्याउदछन् ।
तालिममा यस विधिको प्रयोगका कारण प्राप्त परिणामहरु, यसका सैद्धान्तिक आधारहरु, विभिन्न क्षेत्रको प्रयोगमा भएका सिकाईहरु समेटेर तयार गरिएकोले यो तालिम सैद्धान्तिक तथा ब्यबहारिक दुबै हुनेछ । यो तालिमका सहभागीहरुले जीवन तथा संस्थाहरुलाई सफल मार्गमा कसरी डो¥याउन सकिन्छ र सकारात्मक रुपान्तरणको लागि कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान एवम् सिप प्राप्त गरी जीवनमा नयाँपन अनुभव गर्न सक्नेछन । ४ दिन सम्म सञ्चालन हुने यस तालिमका सहजीकरण यस विधीका संस्थापक प्रोफेसर डा. डेभिड कुपर राइडर तथा प्रोफेसर डा.रोनाल्ड फ्राईका विधार्थी तथा यस विधीका सर्टिफाइड प्रशिक्षक डा. रामचन्द्र लामिछानेले गर्नु हुनेछ । चारैतिर नैराश्य र नकारात्मकता वढी रहेको वेल प्रसंसनीय खोज दृष्टिकोणका प्रशिक्षकहरुको प्रशिक्षणले प्रत्येक ब्यक्ति, परिवार, संस्था, समुदाय र समाजमा भएका सकारात्मक कुराहरुको खोजी गरी सकारात्मक वातावरण निर्माण गर्न सकिने भएकोले धेरै भन्दा धेरै जनालाई प्रसंसनीय खोज दृष्टिकोणको बारेमा दक्ष बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम निर्देशक रिवाज लामिछानेले बताउनु भयो ।









