गीतकार गोबिन्द कँडेल आँसुको नयाँ गीत ‘ए माया जुनकिरी’ सार्वजनिक भएको छ । दुई दशकदेखि कथा, कविता, खण्डकाव्य, गीतलेखन गर्दै आउनु भएको कँडेलको यस गीतमा चर्चित सङ्गितकार दीपक शर्माको सङ्गित रहेको छ भने वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको छ । उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो निर्देशन गर्नुभएको छ । सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतमा विष्णु पौड्यालको समेत सहयोग रहेको छ । रामकृष्ण ढकालको अफिसिएल युटुयुब च्यानलमा उक्त गीत हेर्न सकिन्छ । काभ्रे जिल्ला तथा नमोबुद्ध नगरपालिका गीतसमेत सिर्जना गरिसकेका कँडेलका यसअघि आधा दर्जन जति गीत सार्वजनिक भइसकेका छन् ।









