2026 April 26/ 01:16: 07am

    नमोबुद्ध/पर्यटकीय स्थलको रुपम परिचित धार्मिक स्थल नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गुरुयोजना तयार गर्ने योजना अघि सारिएको छ । 
    ८७ करोड लागतको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)तयार गरी काम अघि बढाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासको लागि सिढि, पर्खाल निर्माण, २ स्थानमा प्रवेशद्धार, सडक बत्ती, सौर्य वत्ती, ढुंगा छाप्ने, सार्वजनिक शौचालय,े लगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको उनले जानकारी दिए । डिपिआर अनुसार थप काम अघि बढाउन संघीय पर्यटन मन्त्रालय, प्रदेशको पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरेको नगर प्रमुख लामाले जानकारी दिए । नमोबुद्ध भगवान घ्या¨ गुठी व्यवस्थापन समिति गठन गरेर संस्थागत विकासको लागि पहल भइरहेको छ । मन्दिर र गुठीमा संकलन भएको दान, भेटी पनि समिति मार्फत व्यवस्थित गरिएको छ ।