काभ्रे/साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको पनौतीका केही जात्रापर्वहरू नाम दिइएको पुस्तक प्रकाशन भएको छ । सो पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो ।
पुस्तकलाई विषयवस्तु अनुसार चार खण्डमा विभाजन गरिएको छ । पनौती नगरको परिचय, इतिहास, जात्रा, पर्वहरू, मकुण्डो नाच आदि पुस्तकमा समेटिएका छन । पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रध्दा, भक्ति र प्रेमको प्रतीक रहेको बताउनु भयो । साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको उहाँले बताउनु भयो । पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा उल्लेख गरिएको लेखक सूर्य लाकोजूले बताएका छन । साहित्यकार सूर्य लाकोजूका नेपाली साहित्यका विविध विधाका तीन दर्जन साहियिक कृति प्रकाशित छन ।









