2026 April 26/ 01:16: 07am

    बनेपा/बनेपामा रहेको कञ्चनजंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा वडा अध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सहकारीले शेयर सदस्यहरुका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । सहकारीका सेवाहरुले शेयर सदस्यहरुको जीवन स्तर उकास्न सहयोग पु¥याउनु पर्ने वडा अध्यक्ष खड्काले बताउनु भयो । 
    ‘स्थानीय सरकार र सहकारीको समन्वयमा स्थानीय स्तरमा रोजगार सिर्जना गर्नु जरुरी छ’– वडा अध्यक्ष खड्काले भन्नुभयो–‘सहकारीहरुले रोजगारका साथै उद्यमशिलता र आर्थिक समृद्धि गर्न आवश्यक छ ।’ अध्यक्ष श्याम नेपालले सहकारीले शेयर सदस्यहरुका लागि विभिन्न प्रकारका सेवा प्रदान गरिरहेको बताउनु भयो । महिलाहरुका लागि सुत्केरी भत्ता प्रदान गरिएको बताउँदै अध्यक्ष नेपालले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न पालिकामा सहयोग उपलब्ध गराउँदै आएको बताउनु भयो । यो वर्ष पनि धनेश्वर महादेव आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि पोशाक लगायतका शैक्षिक सामाग्री उपलब्ध गराउने बताउनु भयो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, धनेश्वर महादेव आधारभुत विद्यालयका अध्यक्ष अनिरुद्र थापा, सहकारीकर्मी नविनजंग पाण्डे, सस्थाका मनोहरी तिमल्सिना, हेमराज दंगाल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट ऋणी, बचतकर्ता, महिला, बालबालिका र जेष्ठ नागरिक सदस्य, कर्मचारीलाई सम्मान गरिएको थियो । 
    सहकारीले आर्थिक वर्षको अन्त्यमा शेयर पूँजी ६१ लाख ८९ हजार ९ सय, अन्या कोष ६ लाख ५५ हजार ६ सय ५३, निक्षेप १० करोड २१ लाख ९३ हजार ९ सय ८३ र ६ करोड ७८ लाख ५६ हजार ८ सय ८१ रुपैया ऋण लगानी गरेको छ । पछिल्लो समय सहकारीहरुमा निक्षेपकर्ताहरुको भिड लागिरहेको सन्दर्भमा सहकारीले विश्वास दिलाउँदै बचत तथा ऋणको कारोवार गरिरहेको अध्यक्ष नेपालले बताउनु भयो । 
धनेश्वर महादेवलाई शैक्षिक सामाग्री
कञ्चनजंगा बचत तथा ऋण सहकारी संस्थाले पनौती ५ धनेश्वरमा रहेको धनेश्वर महादेव आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । संस्थाले सामाजिक उत्तदरायित्व कार्यक्रम अन्र्तगत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा विद्यालयका लागि आवश्यक सामाग्री उपलब्ध गराएको हो । 
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापालाई संस्थाका अध्यक्ष श्याम नेपाल र संचालक समितिका पदाधिकरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको रोहवरमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये ४३ जनाका लागि ४३ थान स्टकिङ, कालो स्कुल जुत्ता २० जोर, १० जोर सेतो जुत्ता, ५० लिटर क्षमताको दुईवटा डस्विन, मार्कर र डस्टर लगायतका सामाग्री उपलब्ध गराईएको अध्यक्ष नेपालले बताउनु भयो । उक्त विद्यालय बन्द भएर स्थानीय समुदायको सक्रियता तथा अध्यक्ष अनिरुद्र थापाको विशेष प्रयासमा पुनः संचालनमा आएको छ । विद्यालय संचालनका लागि विभिन्न क्षेत्रको निरन्तर सहयोग, निगरानी र मेहनत आवश्यक रहेको अध्यक्ष थापाले बताउनु भयो । संस्थाले आयोजना गरेको सातौ बार्षिक साधारण सभा वडा अध्यक्ष चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।