कक्षा ११ का विद्यार्थीलाई स्वागत
बनेपा/बनेपामा रहेको सिद्धार्थ विद्यालय तथ क्याम्पसले तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर केसीले विद्यार्थीहरुलाई शुभकामना दिदै विद्यालयले लिएको लक्ष्य गुणस्तरीय शिक्षालाई ब्यवहारमा उतार्न विद्यार्थीहरुले मेहनत गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा क्याम्पस प्रमुख पुकार कर्णजित, सहायक क्याम्पस प्रमुख कुमार मानन्धर, विद्यालय प्राचार्य गुञ्जप्रसाद लुईटेल साथै संस्थापक प्राचार्य ज्ञानबहादुर केसी लगायतले विद्यालयले प्रदान गरिरहेको शिक्षाको गुणस्तरका लागि विद्यार्थीहरुको जागरुकता, नियमितता र मेहनत आवश्यक रहेको बताउँदै नेपालमै केहि गर्ने सोच र योजना बनाउन सुझाव दिनु भयो । २०४१ सालमा स्थापना भएको विद्यालयले २०५८ सालमा +२ तहमा विज्ञान तथा ब्यवस्थापन संकायको अध्यापन शुरु गरेको थियो । उक्त विद्यालय एसएलसीमा मात्रै नभई +२ तहमा पनि नेपालमै उत्कृष्ट हुँदै आएको छ । सोहि अवसरमा शुभकामना आदान प्रदान तथा कक्षा ११ अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।









