2026 April 25/ 11:38: 19pm

    धुलिखेल/संस्कृतविद् तथा इतिहासकार शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको शोकमा धुलिखेलमा रहेको गिता मन्दिर संरक्षण समितिले शोक सभा आयोजना गरेको छ । 
    जेष्ठ नागरिक तथा गिता मन्दिर संरक्षण समितिका चुनियाँलाल माकजुको संचालन तथा अध्यक्ष रमानाथ यगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष संजय कोँजु प्रमुख अतिथी थिए । शोक सभामा बोल्दै प्रमुख अतिथी कोँजुले शताब्दी पुरुष सत्यमोहनले समाजलाई दिनु भएको योगदानको कदर गर्दै उहँले दिनु भएका सन्देश र देखाएका बाटो आगामी पुस्ताले अनुसरण गर्नु पर्ने बताउनु भयो । रहनसहन, खानपान, अध्ययन तथा ब्यक्तिले सस्कृतिको संरक्षण र इतिहासको संरक्षणमा ध्यान दिनु पर्ने विषयमा जानकारी गराउँदै कोँजुले विद्यालय तहबाट यो अभियान शुरु गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा समाजसेवी बुद्धराम वेयजुले शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रका लागि पु¥याउनु भएको योगदानको स्मरण गराउँदै नेवारी समुदायमा उहाँको आवश्यकता खट्किने बताउनु भयो । नेवारी समुदायले तिहारको समयमा गर्नै किजा पुजा उहाँकै शोकमा नगरेको उहाँले बताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 

बनेपामा सत्यमोहन जोशीको सम्झना
    बनेपा/नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रे शाखाले वाङमय शताबदी पुरुष, नेपाल भाषा एकेडेमीका संस्थापक सत्यमोहन जोशीको श्रद्धाञ्जली सभा आयोजना गरेको छ । 
    शाखाका अध्यक्ष सोमकाजी शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृतविद ज्ञानकाजी मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार मोहन दुवाल, सुर्यप्रसाद लाकोजु, विजयराम कर्माचार्य, हरिशंकर मानन्धर लगायतले संस्कृतविद सत्यमोहन जोशीको योगदान र उहाँले देखाउनु भएको सत्मार्गका बारेमा चर्चा भएको थियो ।