2026 April 25/ 11:38: 19pm

    बनेपा/शिक्षा सदन माध्यमिक विद्यालय बनेपाको ६१ औ वार्षिक उत्सव बनेपा नगरपालिकाका प्रमख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता र उप प्रमुख विमला सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथि शाक्यले सामुदायीक विद्यालयमा शैक्षिक सुधार हुँदै गएको तर अझै पर्याप्त रुपमा हुन नसकेको बताउनु भयो । सामुदायिक विद्यालयमा सबै सुविधा भए पनि किन शैक्षिक सुधार अझै हुन नसकेको भन्दै उहाँले विद्यालयप्रति पनि प्रश्न गरे । दिवा खाजा, १ विद्यालय १ नर्सको ब्यबस्था, निःशुल्क सेनेटरी प्याड, निःशुल्क पुस्तक हुदाँ समेत शैक्षिक सुधार हुन नसक्नुमा को दोषी ? अभिभावक, शिक्षक कि विद्यार्थी वा सरकार ? शाक्यले प्रश्न गर्नुभयो । नगरपालिकाबाट विद्यालयलाई शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने बताउँदै विद्यार्थीको शैक्षिक अवस्था सुधार हुनु पर्ने शाक्यले बताए । कार्यक्रमका विशेष अतिथी उपप्रमुख विमला सापकोटाले विद्यार्थीहरुलाई घोकन्ते शिक्षा भन्दा अब प्राविधिक, नैतिक शिक्षा दिनु पर्ने बताउनु भयो । कक्षा १२ उतिर्ण हुने वितिकै विदेश जानबाट रोक्नका लागी शिक्षाको मोडालिटी नै परिवर्तन गर्न आवश्यक रहेको सापकोटाले वताउनु भयो । 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य सघंका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रधानाध्यापक लक्ष्मण दाहालले प्रस्तुत गर्नु भएको थियो । दाहालले विद्यालयमा शैक्षिक सत्र २०७९ मा शिशु कक्षा देखी कक्षा १२ सम्म ५ सय ६४ जनाले अध्ययन गरिरहेका, विद्यालयमा शिक्षक कर्मचारी गरी २५ जना रहेका, विद्यालयको आम्दानी १ करोड ७७ लाख रहेको, विद्यालयमा विभिन्न ब्यक्ति तथा सस्थाहरुबाट छात्रबृत्ति लगाएत नगद सहयोग प्राप्त भएको बताउनु भयो । त्यसैगरी दाहालले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिदै आएको वताउनु भयो । कार्यक्रममा एसईई उतिर्ण विद्यार्थी र विभिन्न छात्रबृत्ति प्राप्त विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक तेजप्रसाद चौलागाईले राख्नु भएको थियो भने कार्यक्रमको सभापतित्व विद्यालयका सञ्चालक समिती सदस्य पदमसुन्दर श्रेष्ठले गर्नु भएको थियो ।