2026 April 25/ 11:38: 18pm

    पाँचखाल/प्रगतिशील बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २३ औ वार्षिक साधारण सभाबाट पुनः केशब प्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ । समितिको उपाध्यक्षमा सरोज न्यौपाने निर्विरोध चयन हुनु भएको छ । 
    कार्य समितिको सचिब पदमा रमेशप्रसाद सापकोटा, कोषाध्यक्ष मुकुन्द अधिकारी, सदस्यहरु संगीता भुर्तेल, अनिता गिरी, कल्पना हुमागाई, रविन्द्रराज सिपखान, सुरेन्द्रकुमार थापा, तोयनाथ सापकोटा । अर्जुनप्रसाद न्यौपाने रहेका छन् । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिमा विमला शर्मा अधिकारी संयोजक, सागरजङ्ग दनुवार र रत्नप्रसाद सापकोटा रहेका छन् । सभामा संस्थाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिबेदन सचिब सरोज न्यौपाने, आर्थिक प्रतिबेदन कोषाध्यक्ष विमला शर्मा अधिकारीले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक रमेश प्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं २ करोड २४ लाख ८८ हजार, निक्षेप ९ करोड १५ लाख ५६ हजार, ऋण लगानी १२ करोड ३३ लाख ६३ हजार, ऋण अशुली ६ करोड ८० लाख ६८ हजार, रहेको जानाएको छ । संस्था बहुउदेश्यीय प्रकृतिको भएको हुनाले समुदायको हित हुने विभिन्न सामाजिक गतिबिधिहरु गर्नुका साथै सदस्यहरुको बालीमा हुन सक्ने सम्भावित क्षतीलाई बाली विमाको कार्यक्रम गर्दै आएको सस्थाका सचिब सरोज न्यौपानेले बताउनु भयो । संस्थाले यस वर्ष रासनायीक मल खरिद विक्री, डिडिसी पशु आहारा दाना तथा ढुटो विक्री, नगरपालिका तथा कृषि ज्ञान केन्द्रको समन्वयमा कृषि यन्त्र वितरण लगायतका कार्य गरेको न्यौपानेले बताउनु भयो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, शेयर सदस्य, असली ऋणी, उत्कृष्ट बाल बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । पाँचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवार, सहकारी समन्वय समिती पाँचखालका संयोजक विद्यालक्ष्मी देउजा, पाँचखाल नगरपालिका कृषी तथा पशुपन्छी शाखा प्रमुख ईश्वर अधिकारी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पुश्कर ढकालले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष केशवप्रसाद काफ्लेले गर्नु भएको थियो ।