रवि/साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारण सभा धुलिखेल नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका सघंका अध्यक्ष अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी ब्यान्जुले नगरापलिकाकाले प्रत्येक वडामा कृषि पकेट क्षेत्र बनाई कृषि पेशामा आत्मनिर्भरका लागी कार्य अगाडी बढाएको बताउनु भयो । नगरपालिकाले तत्काल १ लाख फलफुल, जडिबुटी र फुलका बिरुवा वितरण गर्ने योजना अनुरुप वडा नम्बर १२ र २ मा ३४ हजार विरुवा वितरण गरिसकेको बताउनु भयो । ठाँउ अनुसारका विरुवा वितरण गर्ने, कृषिमा प्रविधि भित्रयाई आम्दानी बढाउने, दुध उत्पादन क्षेत्र भएकाले दुधका परिकारहरु बनाई आत्मनिर्भर बनाउने योजना रहेको ब्यान्जुले बताउनु भयो । आफु निर्वाचित हुदाँ नगरपालिका भित्र १३ प्रतिशत गरिबीको रेखा मुनी रहेकोमा पाँच वर्षको अवधीमा नगरपालिकाले विभिन्न परिषद गठन गरी सिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाएकाले ४ प्रतिशतमा झरेको बताउनु भयो । आगामी ५ वर्षमा गरिब शुन्यमा झार्ने लक्ष्य राखिएको ब्यान्जुको भनाई थियो । नगरपालिका भित्र रहेका सहकारीहरु सगं समन्वय गरी नगरपालिकाले कार्यक्रमहरु बनाउने ब्यान्जुले बताउनु भयो । कार्यक्रममा वागमती प्रदेशका दुग्ध विकास वोर्डका उपाध्यक्ष टिका बल्धब सापकोटा, धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, साना किसान कृषि सहकारी सघं लिका अध्यक्ष सुमन नेपाल, सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थालिका उपाध्यक्ष निरन्जन गेलाल, सयपत्री साकोसका अध्यक्ष माधव सापकोटा, संस्थाका सल्हाकार दिपक ढोडारी, जनउत्थान कृषि सहकारी सस्थाका अध्यक्ष भिमसेन न्यौपाने लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७८÷०७९को वार्षिक प्रतिबेदन अध्यक्ष शालिकराम न्यौपानेले राख्नु भएको थियो भने लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक शम्भु न्यौपानेले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थामा जम्मा शेयर सदस्य १ हजार ६६ जना, शेयर पुँजीं १ करोड २२ लाख ६९ हजार, निक्षेप ६ करोड ८० लाख ८६ हजार, ऋण लगानी १८ करोड ८३ लाख २८ हजार, ऋण असुली १३ करोड ६२ लाख ८२ हजार रहेको जानएको छ । संस्थाका अध्यक्ष शालिकराम न्यौपानेले संस्थाले पशु प्रर्वद्धन कार्यक्रम, रक्तदान, क्षमता विकास तालिम, शहकारी शिक्षा कार्यक्रम, कृषक अबलोकन कार्यक्रम, सामुहिक ब्यबसाय प्रर्वद्धन कार्यक्रम, पशु विमा कार्यक्रम, ऋण विमा लगाएतका कार्यक्रमहरु रहेको बताउनु भयो । कार्यक्रममा जेष्ठ सदस्यहरु पुष्प कुमारी थापा, तिलकुमारी चौलागाई, कुलप्रसाद चौलागाई, हरि बहादुर धिताल, कर्ण बहादुर धिताल, र साईली तामाङ त्यै गरी एस ई ई उतिर्ण विद्यार्थीहरु रचना कालिीराज, दिपेश न्यौपाने, युवराज स्याङतान, सुस्मा तामाङ तथा उत्कृष्ट कृषक रञ्जीता लामीछाने, सार्की तामाङ, हरी प्रसाद सिग्देल लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका प्रवन्धक रमेश कोईरालाले संस्थाका आगामी कार्यक्रमहरु सभामा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सञ्चालन सञ्चालक सदस्य कृष्णहरी कोईरालाले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष शालिकराम न्यौपानेले गर्नु भएको थियो ।









