नमोबुद्ध/नेपालका लागि नर्वेली राजदुत टोरुन ड्राम्डलको टोलीले नमोबुद्ध–६ चरङगेफेदीमा जलवायु अनुकुलन समाधान सम्वन्धी कार्यक्रमको अबलोकन गरेका छन् ।
राजदुत ड्राम्डल, नोराडका महानिर्देशक वर्ड भेगर सोल्जेल, कार्यकारी प्रमुख लिसेटा ट्रेबी, नेर्वेली दुतावासका विकास सहायता प्रमुख कृष्टिन एच. स्टरहल, एसिमोडका महानिर्देशक डा. पेमा ग्यामजो लगायत दूतावास तथा एसिमोडका प्रतिनिधिसहितको टोलीले चरङेफेदि राधाकृष्ण कृषक समुह भ्रमण गरेका हुन् । प्रतिनिधीहरुले नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकूलन गाउँ कार्यक्रम, कृषि, शिक्षा, वातावरण क्षेत्रमा भएको कामको अध्ययन, अबलोकन गरेका थिए ।
नर्वेली दूतावासले नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा ६ वटा वडामा जलवायु अनुकुलन समाधान कार्यक्रम सञ्चालन गरिरहेको छ । जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत चरङगेफेदीमा ताजा तरकारी उत्पादन भइरहेको छ । नगर प्रमुख कुनसाङ लामाले आफ्नो कार्यकालमा जलवायु परिवर्तनका असर न्युनिकरणको लागि विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सहयोगप्रति आभार प्रकट गरे ।









