2026 April 25/ 11:37: 54pm

    धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेले ६७ औ प्रहरी दिवस २०७९ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । सोहि अवसरमा विभिन्न कार्यक्रममा आयोजित उत्कृष्ट, अमर प्रहरी शहिद परिवारका सदस्य तथा सहयोगीहरुलाई प्रशसा पत्रद्वारा सम्मान गरिएको थियो । 
    प्रहरी दिवसको अवसरमा खुल्ला रक्तदान, स्वास्थ्य शिविर, बृक्षारोपण, सरसफाई तथा कर्मचारी बीच टेबुल टेनिस र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको प्रहरी प्रमुख चक्रराज जोशीले बताउनु भयो । प्रहरीले प्रहरी दिवसका अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगतका विविध कार्यक्रमहरु आयोजना गरेको थियो । कार्यक्रममा प्रहरी प्रमुख एसपी चक्रराज जोशी, डिएस्पी ढुण्डीराज न्यौपाने लगायतले प्रहरी दिवसको अवसरमा जिल्लामा भए गरेका विषयमा जानकारी गराएका थिए । प्रहरीले आत्महत्या न्यूनिकरण, ट्राफिक सचेतना, अन्य अपराध न्यूनिकरण लगायतका विषयमा अभिमुखिकरण गरिरहेको छ ।