बनेपा/नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयमा स्पोर्ट मिट २०७९ शुरु भएको छ । स्पोर्ट मिटको उद्घाटन ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी रेशम बोहोराले गर्नु भएको थियो ।
बोहोराले खेलले विद्यार्थीहरुलाई अनुशाशित, स्वस्थ्य र निरोगी राख्ने भएकाले हरेकलाई खेल आबश्यक रहेको बताउनु भयो । खेलले शारिरक मानसिक विकासका लागी पनि आवश्यक रहेकाले खेल अति उपयोगी रहेको बताउनु भयो । विद्यालयले खेलकुद सँगै गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बोहोराको भनाई थियो । कार्यक्रममा विद्यालयकी सहायक प्रिन्सिपल उमा बस्नेतले स्वागत मन्तब्य राख्दै विद्यालयले विद्यार्थीहरुलाई ब्यबहारीक, अनुशाशित र जिम्बेवारी शिक्षा प्रदान गरेको बताउनु भयो । विद्यालयका सञ्चालक समिती अध्यक्ष रत्नकुश रञ्जीतकारले विद्यालयले सख्यालाई भन्दा पनि गुणस्तरीयतालाई जोड दिएको बताउनु भयो । नैतिक शिक्षा प्रदान गर्नु नै आजको चुनौती भएकाले विद्यालयले विद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षा प्रदान गरेको रञ्जीतकारले बताउनु भयो । विद्यालयले स्काउट, एन एन सी, जुनियर रेडक्रस, आईटि एफ र ४ वटा हाउस बनाएर विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागी हुने अबसर प्रदान गरिएको बताउनु भयो । कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विक्रम प्रजापतिले प्रत्येक वर्ष विद्यालयमा खेलकुद सप्ताह शुरु गरि प्रत्येक विद्यार्थीहरुलाई सहभागि गराईएको बताउनु भयो । यो वर्ष १६ वटा खेलकुद आयोजना गरिएको जसमा भलिबल, फुटबल, बास्केटबल, स्विमिङ लगाएत खेलहरु रहेको बताउनु भयो । कार्यक्रम विद्यालयका सञ्चालक रत्नकुश रञ्जीतकारको सभापतित्वमा सम्पन्न भएको थियो ।









