विकास तिमल्सिना/पनौती
नेपाल सम्बत् ११४३ को अवसरमा पनौती सम्पदा ¥यालीको आयोजना गरिएको छ । पनौती नेपाल र पनौती महिला समुहको संयुक्त आयोजनामा ¥याली आयोजना गरिएको हो । उक्त कार्यक्रममा पनौती नगरपालिका तथा आसपासमा रहेका सम्पुर्ण बाजा तथा झाँकीको अवलोकन गर्न सकिन्छ । सबै प्रकारका बाजा तथा झाँकी एकै ठाउँमा अवलोकन गर्न सकिने े एक मात्रै कार्यक्रम हो । उक्त ¥यालीमा पनौतीको देवी नाच, लाखे नाच, बासुरी बाजा, जाकीडोलको लाखे नाच, इटेको लाखे नाच, दाहालटारको लाखे नाच, खैजडी भजन, धिमे बाजा, झाँकी नृत्य, पाटी चौरको लाखे नाच, नागाचा नाच लगायतका बाजा तथा झाँकी प्रस्तुत हुदै आइरहेको छ । स्थानीय कला, सँस्कृति जगेर्ना गर्ने उदेश्यले सम्पदा ¥याली आयोजजना गरिएको पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठले जानकारी दिनुभयो । यस्तै नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा प्रचार गर्ने, पनौती नगरपालिका र आसपास रहेका सम्पुर्ण झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुती र प्रचार प्रसार गर्ने, हराएको वा मासिएको मौलिक परम्परालाई खोज अनुसन्धान गरी उजागर गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको श्रेष्ठले बताउनु भयो । पनौती नेपालले विगत १० वर्षदेखी भिन्तुना ¥यालीको आयोजना गर्दै आइरहेको छ ।
यस्तै संस्थाले हरेक वर्ष भक्तपुरबाट आगमन हुने नवदुर्गा भवानीको व्यवस्थापनमा सहजीकरण, पनौती जात्रामा स्वयंसेवक तथा जात्रा व्यवस्थापनमा सहजीकरण, चिराख जात्रा आयोजना, साँखुबाट ल्याइने माधव नारायण भगवानका व्रतालु तथा स्वयंसेवकहरुलाई गाँस र वासको व्यवस्थापन, स्वास्थ्य शिविर तथा शैक्षिक शिविरहरु संचालन, विभिन्न टोल तथा मठ मन्दिरहरुको सरसफाई कार्यक्रम संचालन गर्दै आइरहेको छ । पाइलै पिच्छे मठ मन्दिर, हप्तै पिच्छे जात्रा पर्व पनौती नगरको गौरव हो । हाम्रा पुर्खाले हामीलाई सुम्पेका सम्पदालाई जोगाउँदै आगामी पुस्तामा हस्तान्तरण गर्नका लागि संस्कृति संरक्षण सँग सम्बन्धीत कार्य गर्दै आएको र यसलाई निरन्तरता दिने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।









