2026 April 25/ 11:37: 56pm

    बनेपा/राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष प्रविण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिएन सापकोटाले संचालन गर्नु भएको थियो । 
    कार्यक्रममा पार्टीले प्रतिनिधि सभा १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईको उम्मेदवारी दर्ता गरेकाले यो पटक नयाँ दलका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई उम्मेदवार तथा नेताहरुले अनुरोध गरेका थिए । सोहि पार्टीबाट समानुपातिक तर्फ पुण्यमाता घिमिरे, दावा लामा, रुपा शंकर, दिपक विश्वकर्मा, अनिता श्रेष्ठ उम्मेदवार रहेका छन् । जिल्लाका केहि पालिकामा कमिटी गठन गरी निर्वाचन प्रचार प्रसार शुरु गरिसकेको उक्त पार्टीले आफु बैकल्पिक शक्ति हुने प्रयासमा रहेको बताएको छ ।