बनेपा/युवा सघं बनेपा नगर कमिटीको आयोजनामा बृहत्त यूवा भेला तथा प्रशिक्षण गरिएको छ । प्रतिनिधी सभा क्षेत्र नम्वर २ का उमेदवार तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा बोल्दै बास्कोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा विकास गर्नेलाई जिताउन अनुरोध गर्नु भएको थियो ।
२०७४ सालमा निर्वाचित भए पछि ३० वर्षमा हुन नसकेको काम तीन वर्षमा गरेको र केहि कामहरु निमार्णधिन रहेको बास्कोटाले बताउनु भयो । बनेपामा चण्डेश्वरी मन्दिरबाट गोसाईस्थान सम्म १६ सय सिँढी निमार्ण, चारदोबाटो लायकु हुँदै पुलबजार सम्म पिच, राजदास मार्ग पिच, वाँकु गणेश हुँदै चण्डेश्वरी सम्म पिच, रेशम मार्ग सडक पिच, भिमसेन स्थान हुदै काभ्रे क्याम्पस शिलु मार्ग जोड्ने सडक पिच, ध्यान कुटी लामा गाउँ सडक स्तरउन्नति, बस पार्क गोदाम चोक सडक पिच, चारदोबाटो देखि धनेश्वर सम्म पिच तथा चारदोबाटो देखि धनेश्वर पुल सम्म सडकको दायाँ बायाँ सडक पेटी, सुमाङ्गल शान्ति मार्ग ढलान तथा स्तर उन्नती, चण्डेश्वरी दोयबास सुमारा टंचोक सडक स्तर उन्नती, ब्याङ्ढुङ्गा लामिछाने गाउँ कलमसी नगरकोट सडक स्तर उन्नती, पुलबजार टिमुरेचौर कृषि सडक स्तर उन्नती, गुम्बा देखि नाला बजार सम्म पिच, सीमल डाडाँ बाला गाउँ सडक स्तर उन्नति, लामिछाने गाउँ ठुलो धारा सपनेश्वर मंन्दिर सडक स्तरउन्नती, रेशम मार्ग कागल उग्रतारा मार्ग सडक स्तर उन्नती, बुडोल भक्तेश्वर बुद्धि नारायण मार्ग हुँदै श्रीखण्डपुर सडक स्तर उन्नती, गोल्छाचोक देखि बाँसुकी नगरकोट सडक स्तर उन्नती, नाला त्रिवेणी काशीभञ्ज्याङ तीनघरे काफल बोट सडक स्तर उन्नती लगाएत धेरै काम बनेपा नगरपालिका भित्र सम्पन्न भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश २(ख) का उमेदवार कुमार थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा बनेपा नगर ईन्चार्ज हरिशरण दाहाल, जिल्ला कमिटी सदस्य तथा पुर्व उप प्रमुख रेखा सापकोटा दाहाल, बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकार लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व युवा सघं बनेपा नगर अध्यक्ष विक्रम रञ्जीतको सभापतित्वमा सम्पन्न भएको थियो ।









