2026 April 25/ 11:37: 53pm

    बनेपा/पब्लिक सुत्राधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा  बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    साधारण सभा संस्थाका अध्यक्ष महेश कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । संस्थाको आर्थिक वर्ष २०७८÷०७९को वार्षिक प्रतिबेदन सचिब विधान जोशीले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामशरण हुमागाई र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक निर्मल कर्मचार्यले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुँजी ३ करोड ५१ लाख ४० हजार, निक्षेप३९ करोड २३ लाख ९४ हजार, कर्जा लगानी ३२ करोड १८ लाख २६ हजार रहेको जनाएको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट सदस्य, ऋणी लाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष उमेश श्रेष्ठले राख्नु भएको थियो । सभामा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।