चौकोट/पतंजली योग समिति काभ्रेबाट पनौती नगरपालिकाको वडा नं. ५ स्थित चौकोटमा योग उप शिक्षक प्रशिक्षण शुरु भएको छ ।
प्रशिक्षणको उद्घाटन पतंजली योग समिति बाग्मती प्रदेशका संयोजक ग्रुविन तौजलेले गर्नुभएको थियो । योगको उद्घाटन गर्दे प्रमुख अतिथि तौजलेले दैनिक योग अभ्यासबाट व्यक्ति मात्र स्वस्थ नभई समाज नै स्वस्थ हुने भएको हुनाले यस प्रशिक्षणबाट दिक्षित हुने योग शिक्षकहरुबाट सामाजिक परिवर्तनको लागि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विनोद खत्रीले आफ्नो वडामा दैनिक योग अभ्यास प्रारम्भ हुनुको साथै योग प्रशिक्षक प्रशिक्षण कार्य भएको मा धन्यबाद दिनु भएको थियो । कार्यक्रमको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य महिला अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बाग्मती प्रदेशका सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका उपाध्यक्ष प्रकाश कायष्ठ, महिला महामन्त्री कमला राजभण्डारी र चौकोट योग साधना केन्द्रका अध्यक्ष सूर्य कमल श्रेष्ठ लगायतका महानुभावहरुले मन्तव्य राख्नुभएको थियो ।









