विकास तिमल्सिना/पनौती
काभ्रेमा जिल्लाव्यापी अन्तर विद्यालय स्तरीय नेवा नृत्य प्रतियोगिता हुने भएको छ । आउँदो कार्तिक १८ गते पनौतीमा प्रतियोगिता हुन लागेको संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनु भएको हो । प्रतियोगितामा कक्षा ६ देखी कक्षा १० सम्म अध्ययनरत ४ देखी ६ जना मात्रै विद्यार्थी सहभागी हुन पाउनेछन् । एउटा विद्यालयबाट एक टिम मात्रै प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतियोगिताका लागि असोज २६ गतेदेखी फारम वितरण भइरहेको छ । टिम दर्ताका लागि प्रति विद्यालय २५ सय रुपैयाँ तोकिएको छ । हलिं नेवाः गुथि, साँस्कृतिक कवः को आयोजनामा कार्यक्रम हुन लागेको हो । नृत्य गर्ने गीतको बोल नेवारी भाषाको हुनुपर्ने छ । प्रतियोगितामा विशेषगरी भेषभूषा, हाउभाउ, कोरियोग्राफी, स्टेज कभरीङ र प्रप्सको आधारमा मुल्यांकन गरिने आयोजकले जनाएको छ । पनौती स्थित क्रियटिभ कम्प्युटर इन्ष्टिच्युट र बनेपामा रहेको चैतन्य बुक्स एण्ड स्टेशनरीमा फारम उपलब्ध छ ।









