2026 April 25/ 09:45: 01pm

श्रीखण्डपुर/सेन्टलम एल्बम एकेडेमी विद्यालयले दशैं तिहार गीत “दशै आयो तिहार आयो” गीतको सार्वजानिकिकरण गरेको छ । 
उक्त गीतको सार्वजनिकीकरण विद्यालयका सञ्चालक समिति अध्यक्ष अमन पोटेले गर्नु भएको थियो । विद्यालयका प्रिन्सिपल अग्नी ज्ञावालीको रचना सुरेन्द्र श्रेष्ठले संगीत ईश्वर थापाले निर्देशन गर्नु भएको उक्त गीतमा विद्यार्थीहरुले मोडल तथा एक्टिङ्ग गरेका छन् । गीतको बोलमा चाडबाडका समयमा विदेशबाट आफ्ना बाबु आउनु भएको र अब देखी नेपालै केहि गर्ने विदेश नजाने, घर परिवार सगै रमाउने भन्ने सन्देश रहेको छ । 
उक्त गीत ओएसआर युट्युब च्यानलबाट समेत सार्वजनिकीकरण हुदै छ । विद्यालयका प्रिन्सिपल अग्नी ज्ञावालीले विद्यालयका नृत्य, संगित शिक्षकहरु, विद्यार्थीहरु मिलि उक्त एल्बम निकालिएको बताउनु भयो । विद्यार्थीहरुलाई पढाईको अलावा अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षा, अनुशासन, सिर्जनशिलता र गुणस्तरमा विशेष ध्यान दिएको बताउनु भयो । अहिलेको प्रविधि सँगै विद्यार्थीको क्षमता र रुची अनुसारको अतिरिक्त क्रियाकलापमा जोड दिएको बताउनु भयो । कार्यक्रमका सभापति तथा सञ्चालक समितिका अध्यक्ष अमन पोटेले विद्यालयले गुणस्तिरीय शिक्षाका लागी कुनै कमी नराखेको बताउनु भयो । आधुनिक प्रविधि सँगै कृषि प्रविधि, सञ्चार जस्ता विषयहरु थप गरी कक्षा ११ र १२ सञ्चालन गर्न लागेको पोटेले बताउनु भयो । विद्यार्थीको रुची अनुसारको प्रविधि ल्याई रोजगार मुलक शिक्षा प्रदान गर्ने बताउनु भयो । 
कार्यक्रममा विद्यालयका सञ्चालक समितिका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव ईश्वर महाजु, कोषाध्यक्ष भवसागर रञ्जीत, सदस्य सुशन राजबंशी, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष रोजन तामाङ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।