2026 April 25/ 09:44: 25pm

बेला/महाँकाल माध्यमिक विद्यालयको ३३ औ वार्षिक उत्सव, एसईई विदाई, अवकाश प्राप्त शिक्षक विदाई तथा शुभ विजया दशमी एवं शुभ दिपावलीको शुभकामना आदान–प्रदान कार्यक्रम पाँचखाल नगरपालिकाका  प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
खरेलले सामुदायिक विद्यालयको समेत शैक्षिक गुणस्तर सुधारिदै गएकोले अझै मेहनत गर्नुपर्ने बताउनुभयो । राज्यको ठुलो लगानी भए पनि सोचेजस्तो शैक्षिक नतिजा नआएको खरेलले बताउनु भयो । विद्यालयमा अब नैतिक शिक्षा, प्राविधिक शिक्षा प्रदान गरी विद्यार्थीहरुलाई रोजगार र शिपमूलक शिक्षामा जोड दिनुपर्ने खरेलले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक प्रकाश आचार्यले राख्नुभएको थियो भने सभापतित्व विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष हरिशरण आचार्यले गर्नु भएको थियो ।   
कार्यक्रममा पूर्व प्र.अ. विवेक कुमार गुरुङ, पूर्व सहायक प्रअ रमेश राज पाठक, शिक्षकहरु पर्शुराम भुर्तेल, शिव प्रसाद त्रिपाठी, डुलकुमारी तिमल्सिना र झरना प्याकुरेललाई बिदाई तथा सम्मान गरिएको थियो भने यसवर्ष  उत्कृष्ट शिक्षक रामहरी सापकोटा सम्मान एसएलसी २०७६, २०७७ र २०७८ ब्याजकालाई मायाको चिनो सहित सम्मान गरिएको थियो । 
कार्यक्रममा सस्थापक पूर्व प्र.अ. केदारनाथ घिमिरेबाट १ लाख ११ हजार १ सय ११ को महांकाल अक्षयकोष स्थापना गर्नु भएको थियो भने समाजसेवी उद्वव प्याकुरेल र हिरा मणि प्याकुरेलबाट सिकाई सहजीकरण लागि १५ थान सिलिङ फ्यान ५० थान लर्निङ प्याड वितरण साथै उहाँहरुलाई सम्मान साथै निकट भबिष्यमा अक्षय कोष स्थापना गरने जानकारी गराउनु भएको थियो । विद्यालयका प्रध्यानाध्यापक दुर्गादत्त पौडेलबाट बिद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 
विद्यालयमा विद्यार्थी संख्या ३ सय २६ शिक्षक सरकारी मावि ४ जना आधारभूत ९ जना लेखापाल १ कार्यालय सहयोगि १ बालविकास १ विद्यालय नर्स १ साझेदारी शिक्षक (लवग्रिन नेपाल+बिद्यालय) १ पूर्ण निजी स्रोत अन्तर्गत शिक्षक १ स्कुल बस चालक १  रहेको जनाउनु भएको थियो । विद्यालयले एसएलसी २०६५ मा जिल्ला प्रथम, २०६८ जिल्ला तृतिय, समयको मागसँगै २०६८ देखि कक्षा १–५ अंग्रेजी माध्यममा पढाई, २०७२ पूर्ण कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई हुने, विभिन्न समयमा उच्चतम् जिपिए ३.६ माथिमा धेरै विद्यार्थी पास गराउन सफल, विभिन्न समयमा जिल्ला तथा नगरस्तरीय अतिरिक्त क्रियाकलापमाथि सहभागी गराई मेडल तथा पुरस्कार प्राप्त गर्न सफल, उत्पादित जनशक्ति शिक्षक, सरकारी सेवा, बंैक, ईन्जिनियर अन्य क्षेत्रमा सहजै रोजगार भएका पौडेलले बताउनु भयो । 
विद्यालयमा विद्यार्थी र शिक्षक अनुपातमा शिक्षक दरबन्दी कम भएका कारण शिक्षण सहजीकरण असहजता भएको, बालमैत्री घेराबार नहँुदा कठिनाई भएको, खेलमैदान नभएका कारण चाहँदा चाहँदै अतिरिक्त क्रियाकलाप संचालन गर्न अप्ठ्यारो भएको, कक्षा कोठा अभाव, समय सापेक्ष आईसिटी र मल्टिमिडिया कक्षा संचालनमा समस्या परेको, बस संचालनलाई निरन्तरता दिन समस्या हुदै गएको सिक्दै कमाउँदै सिप कक्षा ब्यबस्थापनमा समस्या परेको पौडेलले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष नारायण प्रसाद सापकोटा, केदार नाथ घिमिर पूर्व  प्र.अ, वन उपभोक्ता महासंघ बाग्मती प्रदेश अध्यक्ष विनोद सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।