2026 April 25/ 09:44: 24pm

    पनौती/पनौतीमा सातौ विश्व स्कुल दुध दिवस मनाईएको छ । सिद्धार्थ बनस्थली इन्ष्टिच्युट मल्पीमा आयोजित कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो । 
    पनौती नगरपालिका, नेपाल डेरी एशोसिएसन, रोटरी क्लव अफ पनौती र क्लव अफ सिद्धर्थउ बनस्थलीको संयुक्त आयोजनामा सोहि विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुँदा वा उपभोग नगर्दा त्यसले गर्ने असरका बारेमा बुझाउँदै दुधको महत्वलाई बालबालिका मार्फत समुदायसम्म पु¥याउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको रोटरी क्लव अफ पनौतीका अध्यक्ष मधुसुदन गुरागाईले जानकारी दिनु भयो । हरेक वर्ष सेप्टेम्वरको अन्तिम बुधबारका दिन स्कुल दुध दिवस मनाउँदै आएको सन्दर्भमा यो वर्ष विश्वमा २२ औ र नेपालमा ७ औ विश्व स्कुल दुध दिवस मनाईएको अध्यक्ष गुरागाईले जानकारी दिनु भयो । सोहि कार्यक्रममा दुध र दुग्धजन्य पर्दार्थको नियमित सेवनबाट मानव जीवनमा हुने फाईदाका बारेमा जानकारी गराईएको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई लगायतका विभिन्न क्षेत्रका ब्यक्तिहरुले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । स्थानीय सरकार मार्फत हरेक विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्नु पर्ने सहभागिहरुले सुझाव दिएका छन् ।