महाभारत/महाभारत गाउँपालिका वडा नम्वर ७ मा रहेको हायुखोला प्राथमिक विद्यालय हायुखोलामा कार्यरत प्रतिभा रानाले विद्यालयमा कार्य गरेको लामो समय सम्म पारिश्रमीक पाउन सकेकी छैनन । तत्कालिन समयमा अध्यक्ष मानबहादुर राना अध्यक्ष थिए । उनी अध्यक्ष भएका बेला २०७६ साल पुष ८ गते प्रतिभा रानालाई कार्यालय सहयोगी पदमा नियुक्ति गरिएको थियो ।
गाउँपालिकाले विद्यालय ब्यवस्थापन समिति गठनमा फरक कार्यविधि बनाउँदै मानबहादुरलाई हटाएर माओवादकिा रामकुमार आलेलाई अध्यक्षमा नियुक्ति ग¥यो । आलेले आफ्नै श्रीमती अमृतामाया आलेलाई कार्यालय सहयोगीका रुपमा नियुक्ति गरेका छन् । प्रतिभा रानाले २०७६ पुष ८ देखि २०७८ माघ १८ गतेसम्म कार्य गरेकी थिईन् । लामो समयसम्म तलब नपाए पछि उनले बाध्य भएर २०७८ माघ १८ गते राजिनामा दिएकी थिईन् । उनले राजिनामा दिए लगत्तैै अध्यक्ष रामकुमार आलेले श्रीमती अमृतामायालाई नियुक्ति गरेका थिए । प्रतिभालाई १९ महिना अथार्थ २०७६ पौष ८ गते देखि २०७८ असार ३० गतेसम्म ४ हजार ५ सयका दरले ८५ हजार ५ सय तलब दिनु पर्ने थियो । सोहि वर्षमा दशै खर्च बापतको ४ हजार ५ सय, पोषाक भत्ता १० हजार गरी १ लाख रुपैया दिनु पर्नेमा ८० हजार भन्दा रकम उपलब्ध गराईएको छैन । त्यस पछि गाउँपालिकाले कार्यालय सहयोगिहरुको तलव २०७८ साउन १ गते देखि १५ हजार पु¥याएको छ । साउन १ देखि माघ १८ गतेसम्म ६ महिना १८ दिनको तलब १५ हजारका दरले ९९ हजार, दशै भत्ता १५ हजार, पोशाक भत्ता १० हजार गरेर १ लाख २४ हजार प्राप्त गर्नु पर्ने छ । विद्यालयमा कार्यरत रहे देखि प्राप्त गर्नु पर्ने २ लाख २४ हजार पारिश्रमीक मध्ये प्रतिभाले ८० हजार रुपैया प्राप्त गरेको बताईन् । बाँकी १ लाख ४४ हजार रकमका लागि पटक पटक विद्यालयमा गएर माग्दा प्रधानाध्यापक राम दिनेश रायले दिन आनाकानी गरेको प्रतिभाले बताईन् । प्रतिभाले आफुले श्रम गरेको रकम पटक पटक माग्दा दिन अस्विकार गरेकाले राजिनामा दिएर बसेको बताईन् । विद्यालयले आफ्नो नाममा ल्याएको पैसा तत्काल पाउनु पर्ने उनको जोड छ । विद्यालयका प्रधानाध्यापक राम दिनेश रायले प्रतिभालाई दशै लगत्तै सबै रकम भुक्तानीका लागि विद्यालय तयार भएको बताए ।









