बनेपा, नाला/नाला उग्रचण्डी भगवती मन्दिर परिसरमा घटस्थापनाका दिन बनेपा नगरपालिका वडा नम्वर ४ नाला लागँ टोल स्थित नाला उग्रचण्डी भगवती देवानन्द सत्तल परिसरमा माता भुवनेश्वरीको सन्त संकल्प तथा बाचन प्रवीण पं.अच्युत प्रसाद खनालको प्रमुख सकृयतामा नवरात्र देवी भागवत ज्ञान महायज्ञ २०७९ मूल आयोजक स्थानीय नालावासीहरुको तर्फबाट शुरु भएको छ । नाला उग्रचण्डी भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्य, नाला उग्रचण्डी भगवती देवानन्द सत्तल ब्यबस्थापन समितिका अध्यक्ष केदारनाथ कर्माचार्य भगवतीका पुजारी कृष्णगोपाल कर्माचार्य र राजकुमार कर्माचार्य सत्तलका ब्यबस्थापक सहदेव श्रेष्ठ, साई केन्द्रका सह ब्यबस्थापक सिद्धिलाल श्रेष्ठ र सम्पूर्ण नालावासीहरु समेतको सहभागितामा नालामा यस शताब्दीको अति पबित्र पावन देवी भागवत ज्ञान माहयज्ञ शुभारम्भ भएको छ । घटस्थापनाका दिन बिहान नाला बजारमा कलश यात्रा सु सम्पन्न भएको थियो । १८ गते सम्म देनिक महा हवन साधना बिहान ९ बजे देखि ४ बजे सम्म देवी लिला बाचन हुने, २०७९ असोज १८ गते साँगता महाप्रसादी पूर्णाहुति हुने माता भुवनेश्वरीले जानकारी दिनु सिद्धिबहादुर कर्माचार्यले बताउनु भयो ।









