2026 April 25/ 09:45: 36pm

    नाला/शुभचामुण्डा मावी नालाको ६७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस, पुरस्कार वितरण र शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख गौतमले शिक्षा, स्वास्थ्य, खाद्यान्न सबैको अधिकार भए पनि राज्यले अझै घोषणा अनुसारको सुविधा उपलब्ध गराउन नसकेको बताउनु भयो । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न अभिभावक, शिक्षक, विद्यार्थी र समुदाय सबै सक्रिय हुनु पर्ने बताउँदै गौतमले विद्यालयको पुर्वाधारसँगै गुणस्तरमा ध्यान दिन अनुरोध गर्नु भयो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष रमेशप्रसाद दाहाल, निवर्तमान वडाअध्यक्ष कृष्णप्रसाद दाहाल, बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी, कलाकार दयाराम दाहाल, विद्यालयका प्रधानाध्यापक ओमप्रसाद थपलिया लगायतले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए । 
    कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुका लागि पुरस्कृत गर्नुका साथै सम्मान गरिएको थियो । सोहि अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका थिए ।