बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले विजया दशमी, नेपाल सम्वत, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष बद्रिराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, उपपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायतको सहभागिता रहेको थियो ।
जिल्ला स्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, जिल्ला स्थित सामाजिक संघ सस्थाका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, जिल्ल स्थित संचार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उपाध्यक्ष विनोद न्यौपाने, सुनिता सापकोटा, सचिव कपिल कोईरालाले महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।









