2026 April 25/ 09:45: 01pm

    बनेपा/आर्दश विद्या मन्दिर विद्यायालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य उत्प्रेरणा विज्ञ डा. ताराप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    अधिकारीले विद्यार्थीहरुले मानसिक चेतनालाई बढाउनु पर्ने बताउनु भयो । अहिलेको उमेर भनेको विद्यार्थीहरुलाई जे सिकायो त्यहि सिक्ने भएकाले उनिहरुको चेतना स्तर र लाईफ स्टाईल चेन्ज, चेतनाको अभिबृद्धि हुने भएकाले सोही अनुसारको शिक्षा प्रदान गर्नु पर्ने अधिकारीले बताउनु भयो । कार्यक्रमका विशेष आतिथप्या प्याब्सन काभ्रेका पुर्व बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेले २०७८ सालको एस ई ई मा छात्रा तर्फ भुमिका केसीले ३.९५ ल्याई जिल्लामै प्रथम भएकोमा बद्याई दिनु भएको थियो । कक्षा १२ मा नेपालकै उत्कृष्ट विद्यालयका रुपमा हेर्न पाईने न्यौपानेले बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले ३५ जना विद्यार्थीहरुबाट २०६० सालमा शुरु गरेको हाल कक्षा १२ सम्म ८ सय विद्यार्थीहरु रहेको जानकारी दिनुभयो । २०७८ सालको एस ई ई परिक्षामा छात्रा तर्फ जिल्ला प्रथम भएको जानकारी दिनु भयो । जिल्ला प्रथम छात्रा तर्फ भुमिका केसीलाई नगद १० हजार सहित सम्मान गरिएको थियो भने कक्षा १२ मा जिल्ला प्रथम हुने विद्यार्थीलाई नगद ५० हजार प्रदान गर्ने प्रिन्सिपल तिमल्सिनाले बताउनु भयो । विद्यालयले आगामी शैक्षिक सत्र बाट वि.ए, एल एल वि र वि.वि ए सञ्चालन गर्ने जानकारी दिईएको थियो । कार्यक्रम विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रल्लाद काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सुमन तिमल्सिनाले गर्नु भएको थियो ।