2026 April 25/ 09:44: 24pm

    बनेपा/बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले जिल्लाका संचारकर्मीहरुसँग विजया दशमी लगायतका चाडपर्वहरुको शुभकामना आदान प्रदान गरेको छ । अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलरले संचालन गरेका शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । 
    प्रिन्सिपल इन्दु थापाले बेलर स्कुलले मन्टेश्वरी, कक्षा १२ सम्मको शिक्षा तथा त्यस पछिको शिक्षामा काठमाडौ विश्वविद्यालय लगायतको सहकार्यमा प्रदान गरेको शिक्षा र शैक्षिक गुणस्तरसँगै अवसरका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा पत्रकार महासंघका सदस्य रघुनाथ हुमागाई रेडक्रस काभ्रेको सभापतिमा निर्वाचित हुनु भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो भने अध्यक्ष बद्रिराज तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, अध्यक्ष बद्रिराज तिमल्सिना, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भोला थापा, प्रिन्सिपल इन्दु थापा, प्रवन्ध निर्देशक पवन थापा लगायतले विद्यालय स्थापना देखि हालसम्म पु¥याएको योगदान तथा आगामी दिनमा विद्यालयले गर्ने कार्यक्रमका लागि समन्वय तथा सहकार्यको प्रतिवद्धता ब्यक्त गरेका थिए ।