2026 April 25/ 09:45: 02pm

    पनौती/भालेश्वर माध्यमिक विद्यालय पनौतीले शुभकामना आदान प्रदान तथा नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । प्रदेश सभाका पुर्व मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 
    कार्यक्रममा विद्यालयलाई निरन्तर सहयोग पु¥याउने पनौती नगरपालिकाका निवर्तमान प्रमुख भिम न्यौपानेलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापा, शिक्षक हरि तिमल्सिना, कमल केसी लगायतले भालेश्वर माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । उक्त विद्यालयमा प्ले ग्रुप देखि कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ । ८ सय ५० जना विद्यार्थी उक्त विद्यालयमा अध्ययन गरिरहेका छन् । प्ले ग्रुप देखि कक्षा ८ सम्म अंग्रेजी माध्यम र कक्षा ९ देखि १२ सम्म दुबै माध्यमबाट अध्ययन हुने विद्यालयका सबै कक्षाहरु मल्टिमिडिया मार्फत संचालन भएका छन् । भौतिक पुर्वाधारले सम्पन्न हुँदै गरेको विद्यालयले कक्षा कोठामा आई फाईभ कम्प्युटर, स्मार्ट टेलिभिजन, प्रोजेक्टर, हरेक कोठामा अलग्गै इन्टरनेट, अनलाईबाट विद्यार्थी हाजिरी, सोको जानकारी अभिभावकलाई पुग्ने गरी एसएमस तथा अनलाईनको ब्यवस्था, विद्यार्थीहरुको परिक्षाको प्रमाणपत्र अभिभावकले घरमै बसेर अनलाईनबाट लिन सकिने ब्यवस्था लगायतका शैक्षिक सुधारका धेरै कार्य प्रारम्भ गरिएको प्रधानाध्यापक रामचन्द्र थापाले बताउनु भयो । कार्यक्रममा विद्यालय नमुना बनाउन प्रारम्भ गरिएकाले तीन वर्षमा पुरा गर्ने लक्ष्य रहेको बताउनु भयो । पनौतीका ३४ वटा विद्यालय मध्ये उत्कृष्ट र धेरै विद्यार्थी भएको विद्यालय भालेश्वर हो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।