2026 April 25/ 09:44: 26pm

    बनेपा/अखिल नेपाल महिला सघं बनेपा नगर कमिटीको आयोजनामा शुभकामना आदान –प्रदान तथा महिला भेला कार्यक्रम नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    बास्कोटाले नेपालमा पहिला महिलालाई ३३ प्रतिशत अधिकार दिलाउने पार्टी नेकपा एमाले भएको बताउनु भयो । महिलाहरुका अधिकारका विषयमा आवाज उठाउने अनेमसघंका पुर्व केन्द्रिय अध्यक्ष बर्तमान राष्ट्रपति रहनु भएको बताउनु भयो । उहाँले आज देशलाई जोगाउनका लागी गठबन्धनले ल्याएको नागरिता विद्येयकलाई असफल बनाई दिनु भएको बताउनु भयो । बाँस्कोटाले पुर्व राष्टपतिले राजनीति गर्नु हुदैन भनेर कुनै कानुनमा ब्यबस्था नभएको र राजनीतिबाटै राष्ट्रपति बनेको बताउनु भयो । कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश सदस्य कमिटी सदस्य कुमार थापा, कुमार तिमल्सिना, उद्धब केसी, अनेमसघं केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज डा. अम्भु भवानी कार्की, अनेमसघं केन्द्रिय सल्लाहकार सदस्य तथा काभ्रेका संस्थापक अध्यक्ष शिला कतिला, नेकपा एमालेका उप सचिब रिता ढकाल, सचिबालय सदस्य रामशरण दाहाल, सचिबालय सदस्य तथा बनेपा नगर ईन्चार्ज हरिशरण दाहाल, बुद्धिजिवि परिषका उपाध्यक्ष तुलप्रसाद दाहाल, बनेपा नगरपालिका उपप्रमुख तथा अनेमसघं जिल्ला कमिटी अध्यक्ष विमला सापकोटा, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जीत लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
    कार्यक्रममा स्वागत मन्तब्य दिपा दाहालले राख्नु भएको थियो भने सञ्चालन सचिब ज्योती बोगटीले गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व अनेमसघंका नगर अधयक्ष राजनकुमारी बैदारले गर्नु भएको थियो ।