2026 April 25/ 09:45: 39pm

बनेपा/किड्स अफ द इयर इन्टरनेशनल २०२२’ मा एकसाथ ३ विजेता छानिएका छन् । हिमालयन दृष्य रिसोर्टमा गत शनिबार सम्पन्न प्रतियोगीतामा जुनियर र सिनियर गरेर एक साथ तीन विजेता छानिएका हुन् ।
‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटी तर्फ बनेपा –१० मा रहेको नाइटिङ्गेल ऐकेडेमी आरध्या बिष्टले शिर्ष उपाधि चुम्नु भएको छ । उक्त प्रतियोगितामा इलियाना वैद्य फष्ट रनरअफ र नाइटिङ्गेल ऐकेडेमीकै हर्षिका खड्का सेकेन्ड रनर अप हुँदा उत्सुक्ता श्रेष्ठ थड रनर अफ हुन सफल हनु भएको छ । 
प्रतियोगीतामा ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ सिरिनयर केटी तर्फको उपाधि  नाइटिङ्गेल ऐकेडेम ीबनेपा जनागालकी  सिखा मान्नधरले हात पार्नु भएको छ । त्यस्तै प्रतियोगीतामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ केटा तर्फ विलिप मानन्धर शिर्ष विजेता बन्नु भएको छ  । उक्त  प्रतियोगिता तर्फको फष्ट रनरअप सायन केसी, सेकेन्ड रनर अफ विनिक खड्गी चुनिदा थर्ड रनरअप मेवान देगम शाक्य घोषित भएका थिए । 
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा आशिष थापा (प्रमुख प्रशासक मिलियन ह्वाइट हाउस स्कुल) इन्दु थापा (प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), असोक पाण्डे (प्रिन्सिपल सेमरक निष्ट स्कुलका), उमा बस्नेत (भाईस प्रिन्सिपल नाइटेङ्गल स्कुल) र पुकार कर्णजित (पहिलो मिष्टर काभ्रे तथा अध्यक्ष अर्किट इन्टरनेशनल स्कुल) निर्णायक रहनु भएको थियो ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताउनु भयो । ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तराष्ट्रिय फेसन कोच राज फैजुले गर्नु भएको  थिए, भने ड्रेस डिजाइन श्रीषा बैदारले गर्नु भएको थियो