धुलिखेल/प्रोगेसिभ इन्जिनियर्स एशोसिएसन नेपाल (पिन) को दोश्रो जिल्ला अधिबेशन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले जिल्लाको समृद्धिका लागि ईन्जिनियरहरुले खाका तयार गर्नुपर्ने बताउनु भयो । ‘राजनीतिक दलहरुले तयार गरेको समृद्धिको योजनालाई इन्जिनियरहरुले प्राविधिक रुपले तयार गर्नु पर्छ’–पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो–‘एमालेले बोकेको समृद्धिको खाकालाई इन्जिनियरहरुले थप समृद्ध बनाउनुस् । नीति बनाएर एमालेले सत्ताको नेतृत्व गरेका बेला त्यसलाई कार्यान्वयन गर्नेछ ।’ बास्कोटाले प्रविधिलाई ब्यक्तिको जीवनसँग जोड्दै सिगो मुलुक निर्माणमा खर्च गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एमालेले शुरु गरेको समृद्धिको अभियानलाई इन्जिनियरहरुले सहयोग गर्नु पर्ने बताउनु भयो । काभ्रे कस्तो बनाउने ? मुलुकलाई कसरी समृद्धि बनाउने ? हरेक विधाका इन्जिनियरहरुको क्षमता र सिपलाई मुलुक निर्माणमा खर्च गर्नु आवश्यक रहेको अध्यक्ष ब्याञ्जुले बताउनु भयो ।
कार्यक्रममा एमाले काभ्रेका सचिव राजन भुर्तेलले एमालेले यसअघि तय गरेका योजनाहरुलाई सत्ताको नेतृत्व गरिरहँदा कार्यान्वयन गरिरहेको बताउनु भयो । काभ्रेको विकासमा गोकुल बास्कोटा मन्त्री भएको समयमा जति प्राथमिकता कहिल्यै नभएको उहाँले बताउनु भयो । कार्यक्रममा संगठनका बागमति प्रदेश इन्चार्ज पदम ओली लगायतका नेताहरुले मन्तब्य राखेका थिए । अधिबेशनको बन्द सत्रले श्रीकृष्ण धितालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको सचिव विनिता श्रेष्ठ, कोषाध्यक्ष सुदन चिमोरिया, सदस्यहरु युलन गौतम, फिरोज श्रेष्ठ, रुपक बडाल, आर्दश गुरागाई, सुरेश हुमागाई र अनिश गौतम रहेका छन् । कार्यक्रम अध्यक्ष उज्वल अर्यालको अध्यक्षता तथा हरेराम हुमागाईको संचालनमा सम्पन्न भएको थियो । जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।









