धुलिखेल/धुलिखेल अस्पतालमा ७ केजी तौल भएको शिशु जन्मिएको छ । गर्भवती महिला उपचारका लागि ढिलो अस्पताल आईपुगेकाले जन्मिएको शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्ला तातोपानी घर भएकी ३५ बर्षिया महिलाको शल्यक्रियाको तयारी गर्दा गर्दै योनीद्वारबाटै जन्म दिएकी थिईन् । अस्पतालका प्रसुती विशेषज्ञ डा. सुमनराज ताम्राकारले समयमै गर्भवति महिलालाई अस्पताल ल्याउन नसकिएका कारण बच्चा बचाउन नसकिएको बताउनु भयो । यति धेरै तौल भएको बच्चा जन्मिएको नेपालमै सम्भवतः पहिलो भएको डा. ताम्राकारले बताउनु भयो । डा. ताम्राकारले गर्भवति महिलालाई निकै ढिलो अस्पताल ल्याई पु¥याएको कारण शिशुलाई बचाउन नसकिएको बताउनु भयो । तर पनि योनीद्वारबाट यति धेरै तौलको शिशु जन्मिनु नेपालको लागि मात्रै होईन विश्वमा निकै विरल घटना भएको चिकित्सकहरू बताउँछन् ।
चिकित्सकहरुले यस्तो डेलिभरीको क्रममा टाउको जन्मिए पनि काँध अड्किन सक्ने बताए । जुन यो घटनामा पनि भयो । रेफर गर्न निकै ढिलाइ गरेको र पठाउने क्रममा खबर नगरेका कारण जन्मिने शिशु निस्सासिएका कारण मृत्युु भयो । धुलिखेल अस्पतालका डाक्टर सुमनराज ताम्राकारका अनुसार बिहीबार साँझ ६ः५० बजे सिन्धुपाल्चोक तातोपानीकी ३५ बर्षीया गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि अस्पताल ल्याइएको बताउनु भयो । सामान्य रुपमा बच्चा जन्मने संकेत नदेखिए पछि डाक्टरहरूले शल्यक्रिया (सिजेरियन) मार्फत बच्चा निकाल्ने तयारी गर्दा गर्दै बच्चाको टाउको बाहिर निस्किए पछी शल्यक्रिया गर्न सकिएन । ‘बच्चाको टाउको बाहिर निस्के पछि सिजेरियन गर्न सकिएन, जन्मने क्रममा काँध अड्िकयो र बच्चाको निधन भयो’– ताम्राकारले भन्नुभयो । बच्चाको अस्वभाविक तौलबारे पहिले नै जानकारी दिइएको भए पनि शल्यक्रिया गर्न सम्भव हुने ताम्राकारले वताउनु भयो । उताबाट रेफर गर्दा सबै कुरा नबुझाई पठाईएकाले पनि समस्या भएको उहाँको भनाई छ । महिलाको यो चौथो पटकको गर्भाधान हो । यस अगाडि सामान्य रुपमै तीनवटा बच्चालाई जन्म दिएकी थिइन् । शेर्पा थरकी ती महिलाको पहिला तीनवटा छोरी जन्मिए पनि अहिलेको बच्चा भने छोरा थियो । उनका १०, ९ र ३ वर्षका छोरी छन् । अन्य मुलुकमा ८÷९ किलोसम्मका बच्चा जन्मिए पनि नेपालमा भने यति धेरै तौल भएको बच्चा सम्भवत पहिलो भएको अनुमान गरिएको छ ।









