बनेपा/५८ औं बालदिवसको अवसरमा अर्किड ईन्टरनेशनल एकेडेमीको आयोजनामा विद्यालयमा अध्यनरत १५० जना विद्यार्थीहरुलाई कन्या एवं कुमार पुजा गरी वाल दिवस मनाएको छ ।
विद्यालयले विभिन्न समयमा अतिरिक्त कृयाकलापहरु गर्दैे आईरहेको समयमा बाल दिवसको अबसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल अनिता प्रजापतिले बताउनु भयो । विद्यालयले बालबालिकाहरुलाई सानै देखी नैतिक ब्यबहारीक, अनुशासित र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको प्रजापतिले बताउनु भयो । घोकन्ते शिक्षालाई भन्दा ब्यबहारीक शिक्षा जोड दिने विद्यालयको नीति नै भएकाले समयअनुसारको शिक्षा दिन कुनै कसर बाँकी नराखिने प्रजापतिले बताउनु भयो । कार्यक्रममा संस्थापक विद्यालय ब्यबस्थापन समिति अध्यक्ष पुकार कर्णजित, संचालक सदस्यहरु, विद्यालयका शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।









