पनौती/क्लस्ट नेपाल र दोर्जे लाक्पा हबको संयुक्त आयोजनामा अरुणोदय मावि पनौतीमा गुणस्तरीय शिक्षाका लागी (क्लालिटी सर्कल) जिल्लामै पहिलो सम्मेलनको आयोजना गरिएको छ ।
उक्त सम्मेलनको उद्घाटन पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले गर्नु भएको थियो । भण्डारीले समुदायलाई नै परिवर्तन गर्ने शिक्षालाई गुणस्तरीयतामा जोड दिनुपर्ने बताउनु भयो । शिक्षाको नीति अनुसार जिपिएमा मात्र उत्कृष्ट नभई उसमा क्षमता गुणस्तरीयतामा दाँज्न सकिएन भने कागजी रुपमा मात्र उच्च भएर काम नलाग्ने भण्डारीले बताउनु भयो । शिक्षालाई ब्यबहारीक, प्रविधि बनाउन नसकिए बेरोजगार मात्रै बढ््ने र उच्च शिक्षाको लागी बाहिरेने काम अझै बढ्ने भण्डारीले वताउनु भयो । निजी विद्यालय आफ्नै स्रोतबाट सञ्चालन हुने राम्रो उपलब्धी आउने तर राज्यको लगानी भएका सामुदायीक विद्यालयमा किन राम्रो गुणस्तरीय हुन नसकेको यसको मसिनो ढंगबाट नगरपालिकाले हेरिरहेको बताउनु भयो । सामुदायिकका शिक्षक र निजी विद्यालयका शिक्षक बिच अन्र्तक्रिया गराई शिक्षामा गुणस्तरीयता बढाउन सकिने, विद्यालय आसपास दुब्र्यसनहरु रोक्ने र गुणस्तरमा कुनै सम्झौता नगर्ने भण्डारीले बताउनु भयो ।
गुणस्तरीय, ब्यबहारीक र प्राविधिक शिक्षाका लागि नगरपालिकाले विद्यालयहरुसँग हातेमालो गरी अगाडि बढ्ने नगर प्रमुख भण्डारीले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका प्रध्यानाध्यापक विष्णुप्रसाद दाहालले राख्नु भएको थियो । क्वालिटी सर्कलले विद्यार्थीहरुको नेतृत्व विकास, क्षमता विकास, ब्यवहारिक शिक्षा, गुणस्तरीय शिक्षामा जोड, विभिन्न अतिरिक्त क्रियाकलापहरु हुने बताउनु भयो । विद्यालयले शुरु देखी नै गुणस्तरीय र ब्यबहारिक शिक्षा प्रदान गर्दैे आएको र अब प्रबिधि मैत्री शिक्षा दिने बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहाल, क्वालिटी सर्कलका केन्द्रिय अध्यक्ष सरिना गुरुङ, वडा सचिव राजकुमार श्रेष्ठ, प्याब्सनका केन्द्रिय सचिव भिमसेन केसी, पनौती प्याब्सोका अध्यक्ष विमल न्यौपाने, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला १५ वटा विद्यालयको सहभागिता रहेको छ । कार्यक्रम दोर्जे लाक्पा हबका निर्देशक तथा कार्यक्रम संयोजक कृष्णकुमार केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।









