2026 April 25/ 08:00: 33pm

पनौती/पनौती नगरपालिका वडा नम्बर ८ का निवासी राजु हुमागाई रोजगारीको शिलशिलामा साउदी अरबमा गएको र निजले काम गर्ने कम्पनी छोडी अन्यत्र कम्पनीमा भागी काम गरी नेपाल आउने क्रममा साउदी अरबको कानुन अनुसार १५०००।–तिर्न नसक्दा साउदी अरबको दग्माम सहरमा अलपत्र परेको उनको परिवारले जनाएको छ । 
बुबा देवी प्रसाद हुमागाई आमा पार्वती हुमागाईले नगरपालिका मार्फत जिल्ला प्रशासन कार्यलयद्वारा नेपाल झिाकाउन कुटिनितकि पहलका लागी आग्रह गर्नु भएको छ । परिवारको आर्थिक अबस्था अत्यन्तै कमजोर भएकाले निजलाई निमय अनुसार नेपाल झिाकाउनका लागी आर्थिक एवं कुटनैतिक पहल गरी दिन आग्रह गर्नु भएको छ ।